This is a test

निर्वाचन सामाग्रीसहित कर्मचारी गाउँ पसे

0

नरेन्द्र कार्की, दार्चुला मंसिर ०६ गते ।

पहिलो चरणको चिर्वाचन हुने दार्चुलामा कर्मचारीहरु निर्वाचन सामाग्रीसहित गाउँ पस्न थालेका छन् । दुर्गम तथा टाढा मतदान केन्द्र भएका कर्मचारी निर्वाचन सामाग्रीसहित गाउँ जान थालेका हुन् । मंसिर १० गते हुने निर्वाचनको लागि मतदान केन्द्र निर्माण र व्यवस्थापनको लागि कर्मचारी गाउँ जान थालेका हुन ।

प्रतिनिधि सभाको लागि एउटा र प्रदेश सभाका लागि दुइ वटा निर्वाचन क्षेत्र रहेको दार्चुलाका १ सय २९ वटा मतदान केन्द्रको लागि कर्मचारी गाउँ जान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका मतदान केन्द्र परेका सबै विद्यालय र क्याम्पसहरुमा मंसिर ७ गतेदेखि सार्वजनिक विदा दिइने छ । यस्तै प्रतिनिधि तथा प्रदेशसभाको पहिलो चरण चुनावको ७२ घण्टाअघि नै नेपाल–भारतको सीमा सिल गरिने भएको छ ।

जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले सीमा सील गर्ने निर्णय गरेको हो । केहि दिन अघि दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी र भारतीय एसडिएम राज कुमार पाण्डे बीच सहमति भएपछि जिल्ला सुरक्षा समितिको बैठकले सीमा सील गर्ने निर्णय गरेको हो । मंशिर ७ गते बेलुकी ७ बजेट बाट सीमा सील हुने छ भने मंशिर ११ गते बिहान ७ बजे सीमा पूलहरु खुला हुनेछन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved