This is a test

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत बाख्रापालन तालीमको नाममा तिन लाख अनियमितता

0

नवराज पनेरु, धनगढी मंसिर ०८ गते ।
सांसद पुष्करनाथ ओझाको ५० लाखको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत तरकारी बारी लगाउनका लागि समस्या भएका महिलाहरुलाई, उन्नत बाख्रापालन तालीमको नाममा तिन लाख खर्च गर्दै अनियमितता गरिएको छ । धनगढी उप–महानगरपालीका वडा नम्वर ४ शान्ती टोलको आमा समुह मार्फत शहरी क्षेत्रका महिलाहरुलाई उन्नत बाख्रापालनको तालीम दिईएको हो । तालीममा वडा नम्वर ४ का विभीन्न ६ वटा टोलका महिलाहरुको सहभागीता रहेको देखाईएको छ ।

सहर बजारमा व्यवसायीक रुपमा बाख्रापालन गर्न अवस्था नरहेको अवस्थामा शहर बजारका महिलाहरुका लागी राखीएको तालीमले बजेट सक्ने काम मात्रै गरिएको पुष्टि भएको छ भने जनताको करबाट संकलन रकमको चरम दुरुपयोग गरिएको छ । उन्नत बाख्रापालनको तालीम पाएका झण्डै २ सय जना मध्ये कसैले पनि अहिले सम्म व्यवसायीक रुपमा बाख्रापालन गरेको देखीएको छैन् । धनगढी उप–महानगरपालीका वडा नम्बर ४ को जागृती आमा समुहलाई बाख्रापालनको तालीम सञ्चालनका लागी दिईएको ३ लाख बजेटको पनि प्रतिफल अहिले सम्म केहि देखीएको छ्रैन् ।

जाग्रीती आमा समुहकी अध्यक्ष रविना चौधरीले तालीमका लागी मागेको तिन लाख तालीम दिएरै उपभोग गरेको बताउनुभयो । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत बाख्रापालनका लागी बजेट रहेको थाहाँ पाएपछि जाग्रीती आमा समुहले ३ लाख विनीयोजन गराउन डेढ महिना सम्म संघर्ष गर्नुपरेको थियो । बजेट विनीयोजन भईसकेपछि आमा समुहले झण्डै २ सय जनालाई उन्नत बाख्रापालन सम्वन्धी तालीम पनि दियो तर उक्त तालीमले कसैलाई पनि फाईदा पुगेको छैन् ।

तालीम पाएका केहिले विगतदेखी नै १, २ वटा बाख्रा पालीरहेका थिए । उन्नत बाख्रापालनको तालीम व्यवसायीक बाख्रापालनका लागी दिईएको हो तर तालीम पाएका कसैले पनि व्यवसायीक रुपमै बाख्रापालन भने गरीरहेका छैनन् । तालीमका लागी निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत ३ लाख विनीयोजन भएपनि २ लाख ७० हजार मात्रै पाएको आमा समुहले बताएको छ ।

तर जिल्ला समन्वय समितीले भने ३ लाख नै निकासा भएको बताएको छ । व्यस्त र आरामदायी जिवनशैली विताईरहेका शहरी क्षेत्रका महिलाहरुलाई उन्नत बाख्रापालनको तालीम दिएर के फाईदा भयो त ? यस्को जवाफ भने स्वयम आमा समुहका पदाधीकारीसंग पनि भेटीन्न । कैलालीमा निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमको अधिकासं बजेट अनुत्पादक क्षेत्रमा खर्च भईरहेको धेरैलाई थाहा भईसकेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved