This is a test

सुदुरपश्चिमका निर्माण व्यवसायीद्धारा प्रर्दशन

0

सीताराम ओझा, धनगढी २५ असोज ।

नेपाल निर्माण व्यवसायी महाँसघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि सुदुरपश्चिमका निर्माण व्यवसायी त्रसित र हत्सोसाहित भएका छन । राजधानीको मुटुमा दिनदहाडै व्यवसायीमाथि गोली प्रहार हुनुले उद्योग–व्यवसाय गर्ने वातावरण नभएको भन्दै उनीहरू त्रसित र हत्सोसाहित भएका हुन । सुरक्षाको माग गर्दै यस क्षेत्रका निर्माण व्यवसायीहरुले धनगढीमा विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र समेत पठाएका छन ।

महासंघका अध्यक्ष गौचनको हत्यामा संग्लन दोषीलाई कारवाही र सुरक्षित वातावरणमा काम गर्ने प्रवन्ध मिलाउन भन्दै निर्माण व्यवसायीहरु आन्दोलित भएपछि विकास निर्माण प्रभावित हुने भएको छ । देश विकासको मेरुदण्ड मानिने निर्माण व्यवसायीकै केन्द्रिय नेतृत्वको हत्या पछि यस क्षेत्रका व्यवसायीहरु त्रसित भएका छन । महासंघका अध्यक्ष गौचनको हत्याले आफुहरुलाई पेशावाट हत्साहित पारेको निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठीले बताउनुभयो ।

सुदुरपश्चिमका ग्रामीण र विकट क्षेत्रमा विभिन्न जोखीम मोलेर काम गरिरहेका निर्माण व्यवसायीहरु यो घटनावाट वढी डराएका छन । उनीहरु आफ्नो काम छोडर घर फर्किएका छन । हत्याको घटनाले काम गर्न नसक्ने अवस्थामा पुगेको सुदुरपश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघका अध्यक्ष मदन कुँवरले बताउनुभयो । निर्माण व्यवसायीहरुले तत्कालका लागि वोलपत्रमा सहभागी नहुने, तीन दिनसम्म निर्माणका कार्यहरु वन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन ।

निर्माण व्यवसायीहरु आन्दोलित भएपछि विकास निर्माणका कामहरु पनि प्रभावित हुने भएका छन । सवैभन्दा ठुलो हिस्सा रहने विकास वजेट, निर्माणका कामहरु ठप्प भएपछि प्रभावित हुने भएको दखिएको छ । निर्माण व्यवसायीहरुले आफुहरुसँगै हजारौ मजदुरहरुलाई असुरक्षामा काम गर्न र गराउन नसक्ने भन्दै पछि हटेपछि यसले विकास निर्माणमा असर पर्ने देखिएको हो । निर्माण व्यवसायीहरुले आफुहरुका मागहरुको सुनुवाई गर्न सरकारसँग माग पनि गरेका छन ।

उता कञ्चनपुरका निर्माण व्यवसायीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनका हत्यारालाई कार्वाहीको माग गरेका छन् । निर्माण व्यवसायी महासंघ कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै हत्यारालाई कानूनी कार्वाहीको माग गरेका हुन् । निर्माण व्यवसायी संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष निरन्जन प्रसाद भट्टले निर्माण व्यवसायी गौचनका हत्यारालाई कडा कार्वाहीको माग राख्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको बताउनुभयो । अध्यक्ष चन्दका अनुसार, घटनाको बिरोधमा कञ्चनपुरमा निर्माण व्यवसायीले तीन दिन काम बन्द गर्ने भएका छन् भने निर्माण व्यवसायी संघ कञ्चनपुरको कार्यालयमा रहेको नेपाली झण्डा समेत झुकाएका छन् ।

यस्तै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई कारबाही गर्न निर्माण व्यवसायी संघ दार्चुलाले समेत माग गरेको छ । निर्माण व्यवसायी सँघ दार्चुलाले मंगलबार एक प्रेस विज्ञप्ती निकाल्दै हत्यामा संग्लनलाई तत्काल पहिचान गरी कार्वाही गर्न माग गरेको हो । निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष महेश सिह धामी र महासचिब लालबहादुर चन्दद्धारा संयुक्तरुपमा हस्ताक्षरित बिज्ञप्तीमार्फत घटनाको अविलम्व अनुसन्धान गरी हत्यारा पत्ता लगाई उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved