निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या

0

काठमाडौ, २३ असोज ।

काठमाडौंको नयाँ बानेश्वरको खरीबोट नजिकै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । गौचनलाई बायाँ कोखा र छातीमा गरी दुई गोली लागेको थियो । गोली लागि गम्भीर घाइते भएका गौचनलाई उपचारका लागि सिभिल अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको निर्माण व्यवसायी संघका प्रवक्ता विष्णु बुढाथोकीले बताउनुभयो । गौचन बा १३ च ४९४८ नम्बरको ल्याण्डक्रुजर गाडीमा सवार थिए । गाडीका चालक रामकुमार खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलमा आएका दुई जना नचिनेका मान्छेका समूहले उनीमाथि गोली प्रहार गरेको प्रहरी जनाएको छ । घटनाका थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved