निर्माण व्यवसायीद्धारा दैनिक चक्काजाम सुरु

0

सीताराम ओझा, धनगढी २६ असोज ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको विरोधमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन । सुदुरपश्चिमका व्यवसायीहरुले बुधवारदेखि दैनिक एक÷एक घण्टा चक्काजाम गरेका छन । सुदुरपश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघ र कैलाली जिल्ला निर्माण व्यवसायी संघको आयोजनामा सुरु भएको आन्दोलन अन्तर्गत बुधवार धनगढी चौराहमा विहान १० वजेदेखि ११ वजेसम्म चक्काजाम गरेका हुन । निर्माण् व्यवसायी संघमा शोक पुस्तिका राखिएको छ भने हत्यारालाई कारवाहीको दायरामा नल्याएसम्म आन्दोलन जारी रहने निर्माण व्यवसायी संघ कैलालीका सचिव ओम पाठकले जानकारी दिनुभयो । निर्माणको कामकाज ठप्प गरी आन्दोलनमा होमिएका निर्माण व्यवसायीहरुले धनगढीमा प्रदर्शन गर्दै सरकारलाई ज्ञापनपत्र पनि वुझाई सकेका छन । अहिले तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गर्दै अगाडी वढेका निर्माण व्यवसायीहरुले त्यसपछि पनि माग सम्वोधन गर्नका लागि सरकार उदासीन भएमा थप आन्दोलनका कार्यक्रम ल्याउने जनाएका छन । यस्तै बैतडीमा पनि बिरोधका कार्यक्रमहरु आयोजना गरिएको छ । बैतडीका निर्माण ब्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएपछि दशरथचन्द राजमार्गमा एक घण्टा चक्काजाम गरेका छन् । गौचन हत्याको बिरोधमा उनिहहरुले चक्काजाम गरेपछि एक घण्टा स्थानीय यातायात प्रभावित भएको थियो । बैतडी सदरमुकाम गोठालापानीमा केन्द्रित भएका निर्माण ब्यवसायीहरुले कोणसभा गर्दै दोशीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनीहरुरुले तीन दिनका लागि निर्माणको काम काज ठप्प पारेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved