This is a test

निजामाति सेवादेखि साहित्यकार सम्मको यात्रा…..!

0

नवराज पनेरु, धनगढी ।

हरेक दिन गुन्जीने दिनेश एफएमको स्टेशन आईडीका रचयीता हुन पदमराज जोशी । यत्ती मात्रै होईन, उहाँ चर्चित साहत्यकार र अझ सामाजिक अभियन्ता पनि हुन । पुष ४ गते उहाँ आफ्नो लामो निजामती सेवाबाट सेवानिबृत हुनु भएको छ । २०१६ सालमा डोटीको तत्कालीन पोखरी गावीसमा जन्मुनीभएका जोशीको बाल्यकाल राम्रैगरी वितीरहेको थियो । तर १४ बर्षको कलिलो उमेरमै बुवा गुमाउन परेको पिडाले भने जोशीका बाल्यकालका सबै दिन आमाको छत्रछायामा हुर्किए ।

८ दिदीभाई मध्ये २ दिदीको विवाह भईसकेको थियो भने बाँही भाई बहिनीहरुको लालपालनको जिम्मेवारी सहित परिवारको जिम्मेवारी उहाँकै काँधमा आयो । डोटीको पोखरी गाविस, अहिले पनि त्यहाँका अधिकांस युवाको गन्तब्य भारत हो । त्यतीबेला मजदुरीका लागी भारत जाने सोच बनाईसक्नुभएका जोशीले बैतडीको मालपोत कार्यालयमा अस्थाई जागीर पाउनुभयो ।

४० वर्षको निजामाति सेवाबाट उहाँ माघ ४ गते मात्रै सेवानिबृत हुनु भएको छ । ४० बर्षे सरकारी जागीर, जोशीको जिन्दगीको एउटा मात्रै पाटो हो । जोशीलाई समाजमा परिचीत गराउनुमा भने उहाँले यस क्षेत्रको कला साहीत्यका लागी पुगाएको योगदानले ठुलो भुमीका खेलको छ । बालापनमा विद्यालयमा हुने साहीत्यीक कार्यक्रममा अग्रपङतीमा रहने जोशीले आफ्नो त्यो कलालाई निखार्दै लगे ।

सुदुरपश्चिमाञ्चल साहीत्य समाजमा अध्यक्ष सहित ३ कार्यकाल विताउनुभएका जोशीले यस क्षेत्रको कला साहीत्यको जगेर्नामा ठुलो भुमीका खेले तर अपेक्षाकृत रुपमा आफ्ना रचनाहरु भने बजारमा ल्याउन सकेनन् । जोशीका २०५७ सालमा मालपोत कार्यालयमा कार्यरत रहँदा मालपोतका कर्मचारी कसरी घुस खान्छन भन्ने विषयमा लेखीएको नामसारी कथा संग्रह, पहाडकी सम्राई उपन्यास, गौरा पर्व एक परिचय पुस्तक प्रकाशन भएका छन् । एक जर्दन बढि कृतीहरु अहिले पनि पाण्डुलीपीमा सिमीत छन् ।

सेवानिबृत जीवनमा ती पाण्डुलिपिलाई मुर्त रुप दिने उहाँको सोच छ । २०६६ सालमा कुम्भ स्नान गर्न भारतको चर्चीत धार्मीकस्थल हरिद्धार जानुभएका जोशीलाई त्यतिवेला सम्म गोदावरी धाममा कुम्भ मेलाको आयोजना होला भन्ने अनुमान पनि थिएन । तर हरीद्धारमा स्नान गर्ने सबै भक्तजनहरुले गोदावरीको नाम पुकार्दै स्नान गरीरहेको दृश्य देखेपछि गोदावरी नदि पार गर्दै हरीद्धार पुगेका जोशीको मनमा अन्य सुदुरपश्चिमबासीको भन्दा छुट्टै कुराले घोच्न लाग्यो ।

हरीद्धारमा स्नान गर्दा सुनेको एउटा स्लोकले नै सुरु भयो गोदावरी कुम्भ मेलाको तयारी । कैलालीमा रहि विगत लामो समयदेखी कला, साहीत्य र सस्कृतीको संरक्षण र विकासका लागी अनवरत रुपमा लागीरहनुभएका जोशीले माघ ४ गते ४० बर्ष सम्म साथ दिएको कुर्ची, टेवुल र हाजीरी रजिष्टरलाई ढोग्दै सरकारी जागरीबाट विदा लिनुभएको छ । अव बाँकी जिन्दगी पनि सुदुरपश्चिमका धार्मीक स्थललाई विकास गर्दै यो क्षेत्रलाई नै समृद्धीतर्फ लम्काउने योजना छ ।
स्रष्टा र सृजना सुन्न यसमा क्लिक गर्नुहोस ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved