This is a test

नवनियुक्त मन्त्रीहरु भन्छन ‘समृद्ध प्रदेश बनाउछौँ’ (भिडियो सहित)

0

सिताराम ओझा, धनगढी फागुन ०६ गते ।

प्रदेश नम्वर ७ का नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन । शनिवार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्रीहरुले आईतवार पदभार ग्रहण गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुले आफुहरुलाई दिएको जिम्मेवारी कुसलतापुर्व निर्वाह गर्दै समृद्ध प्रदेश वनाउने दावी गरेका छन । आन्तरीक मामीला र कानुन मन्त्री वन्नुभएका संसदीय दलका नेता समेत रहनु भएका प्रकाश वहादुर शाहले प्रदेशको शान्ति सुरक्षा कायम गर्दै कानुनको विधिवत रुपमा पालना गर्ने वातावरण वनाउने वताउनुभयो ।

सामाजिक विकास मन्त्री एमाले कैलालीका अध्यक्ष समेत रहनुभएका दिर्घ सोडारीले यो प्रदेश अन्य प्रदेशको तुलनामा शिक्षा स्वास्थ्य रोजगारी लगायतका क्षेत्रमा पछाडी परेकोले मानव विकासका आधारभुत कुराहरुलाई अगाडी वढाउने वताउनुभयो ।

यस्तै भौतिक पुर्वाधार मन्त्री पठानसिह बोहोराले सडक यातायात खानेपानी लगायतका भौतिक पुर्वाधारको अभावमा प्रदेशका वासिन्दा रहेकोले त्यसता योजनाहरुलाई पहिलो प्राथमिकता दिने वताउनुभयो । आर्थिक तथा योजना मन्त्री झपट बोहराले प्रदेशलाई आर्थिक रुपमा समुन्नत वनाउँदै अर्थतन्त्रलाई मजवुद वनाउने वताउनुभयो ।

भुमी व्यवस्था कृर्षी तथा सहरी मन्त्री विनीता चौधरीले सुकुम्वासी भुमीहीन मुक्त कमैया लगायतका समस्याहरु समाधान गर्दै वैज्ञानिक भुमी सुधार लागु पर्ने वताउनुभयो । उद्योग पर्यटन वन तथा बातावरण मन्त्रीमा माया भट्टले वन सम्पदाको हिसावले प्रदेश सम्पन्न भएकोले प्राकेति रुपमा संम्पदाहरुको सही सदुपयोग र परिचालन गर्दै अगाडी वढ्ने वताउनुभयो ।

भिडियो :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved