नवजीवनमा मोवाईल बैंकिङ सेवा शुरु

0

धनगढी १६ साउन ।

नवजीवन सहकारी संस्थाले मोवाईल बैंकिङ सेवा शुरु गरेको छ । आफ्ना सदस्यहरुको चाहाना र आवश्यकतालाई मध्यनजर गरि मोवाईल बैंकिङ सेवा शुरु गरीएकोे संस्थाका उपाध्यक्ष डाक्टर गोबिन्दराज जोशीले जानकारी दिनुभयो । उपाध्यक्ष जोशीले सोमवार बाट नवजीवनका ५ वटै शाखाबाट मोवाईल बैकिङ सेवा शुरु गरीएको बताउनुभयो ।

यसमा मोवाईलबाट आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, एक खाताको रकम अर्को खातामा ट्रान्सफर गर्ने, मोवाईल रिचार्ज, टेलिफोन, ईन्टरनेट, डिस होम विल भुक्तानी लगायतको सेवा रहेको संस्थाका महाप्रबन्धक मोहनराज भट्टले जानकारी दिनुभयो । यो सेवाका लागि ‘नवजीवन एम बैंक’ नामको मोवाईल बैंकिङको सफ्टवेयर गुगल प्लेस्टोरबाट डाउनलोड गर्नुपर्ने छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved