नर्सिङ विनाको स्वास्थ्य सेवा मुटुविनाको शरिरझै !

0

धनगढी, ३० बैशाख ।

विकसित मुलुकमा तीन जना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान रहेपनि तर नेपालमा एक जना नर्सले २० देखि ३० जना बढी बिरामी हेर्नुपरेको छ । वर्षेनी सरकारी र नीजि कलेजहरबाट झण्डै ८ हजारको जनशक्ति प्रतिवर्ष उत्पादन भईरहेपनि दरबन्दीको अभावले नेपालमा २० देखि ३० जना विरामीको भागमा एक जना नर्स पर्ने गरेको हो ।

नर्सिङ स्टाप विनाको स्वास्थ्य सेवा, यसो कल्पना गर्ने हो भने सम्भव नै देखिदैन । सरकारी वा नीजि अस्पतालहरुमा दिनभरी कुर्दाकुर्दा आक्कल झुक्कल एक÷दुई पटक डाक्टर आएपनि, मन खोलेर कुरा गर्न नसकिने, अझ समयको त्यस्तै अभाव । आफ्ना दुखसुख सबै शैयाबाट ब्यक्त गर्ने ब्यक्ति नै नर्सिङ कर्मचारी हुन ।

डाक्टरले हेरेपछि २४ अ‍ै घण्टा विरामीको सेवामा खटिने नर्सको कामकै सम्मानमा नर्सिङ दिवश पनि मनाईन थालिएको हो । नर्सिङ विनाको स्वास्थ्य सेवा मुटुविनाको शरिरझै हुने नजजिवन नर्सिङ कलेजकी शिक्षिका गंगा रानाले बताउनुभयो । नर्ससँग, विरामीको हेरचाह गर्ने मात्रै होईन, स्वास्थ्य संस्थामा कर्मचारी खटनपटन, सरसफाई, डाक्टरलाई सहयोग गर्ने, विरामीलाई समयसमयमा औषधी दिने लगायतका थुप्रै जिम्मेवारी छन ।

अझ विरामी वा त्यसको कुरुवा मध्ये कमैले नर्सको यो समस्या बुझेका हुन्छन, उसको नी आफ्नो परिवार हुन्छ, समस्या हुन्छ तर ती सबै कुराको परवाह नगरी विरामीको सेवामा अहोरात्र खटिने नर्षको पेशा भएको नर्सिङ पढाईरहनु भएकी शिक्षिका गंगा रानाले बताउनुभयो । अझ नर्सिङ कर्मचारी माथि सबैले लगाउने आरोप उनीहरुको ब्यवहार हो ।

विरामी होस वा विरामीको कुरुवा, अनुहार देख्योको रुखो बोल्ने र झपारी हाल्ने । तर उनीहरुको पाठ्यक्रममै उनीहरुले विरामी र कुरुवासँग यसरी रुखो बोल्न नपाउने लेखिएको हुन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड हेर्ने हो भने जनरल वार्डमा १० जना विरामीका लागि एक जना नर्स हुनुपर्छ, आईसीयु जस्तो उच्च उपचार कक्षमा एकजना विरामीका लागि एक जना नर्स २४ अ‍ै घण्टा ड्युटीमा हुनुपर्छ भने सुत्केरी विभागमा त एक शैयामा दुई जना नर्स रहनुपर्ने प्रावधान छ, ।

तर नेपालमा औषत २०देखि ३० जना विरामीको भागमा एक जना नर्स परिरहेको छ । चिकित्सक र नर्सिङ कर्मचारी बीचको समुन्वय भएन भने पनि जनताले राम्रो स्वास्थ्य सेवा पाउदैनन भने अहोरात्र आफ्नो पेशामा खटिने नर्स र विरामी तथा विरामीको कुरुवा बीचमा पनि सुमधुर ब्यवहार हुन आवश्यक छ ।

Share.

Leave A Reply