This is a test

नर्सिङ कर्मचारीको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित

0

शिबराज भट्ट, धनगढी माघ ०३ गते ।

चिसोको बेला दैनिक जसो विरामी बढिरहने सेती अञ्चल अस्पतालमा नर्सिङ कर्मचारीहरुले आन्दोलनमा उत्रिएपछि विरामीहरु मर्कामा परेका छन । विरामीको सेवा गर्छु, सिफ्ट अनुसार चौविसै घण्टा खटिने छु, विदामा भएपनि अस्पतालले बोलाएमा जतिबेला पनि उपस्थित हुनेछु भनेर सपथ खाएका नर्सिङ कर्मचारीहरु आफै आन्दोलनमा उत्रिएपछि सेती अञ्चल अस्पताको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

मंगलवार बाट हप्ताका ६ दिन हुने सल्यक्रियाहरु बन्द गरिएका छन भने आईसीयु जस्तो गम्भिर प्रबृतीका विरामी भर्ना हुने स्थानमा चिकित्सकहरु खटाईएका छन । सुत्केरी वार्डमा पनि नर्सिङ कर्मचारीहरुले काम गर्न छोडेपछि गर्भवती महिलाहरुको स्वास्थ्य जोखिममा परेको छ । मंगलबार १० बजेदेखि १ बजेसम्मका लागि नर्सिङ कर्मचारीले काम नगरेपछि तीन घण्टामै अस्पतालको सेवा प्रभावित भएको हो ।

नर्सिङ कर्मचारीहरुले विरामी हेर्न छोडेर आन्दोलनमा लागेपछि समस्या भएको गर्भवती श्रीमतीलाई अस्पताल ल्याउनु भएका मनेहराका चन्द्रु चौधरीले बताउानुभयो । उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना, र निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध हुनुपर्ने लगायतका ११ वटा माग अघि सारेका छन ।

तर आफुहरुको आन्दोलनको सरकारले कुनै सुनवाई नगरेको नर्सीङ एसोसीयसन शाखा कैलालीकी अध्यक्ष एसोदा ढकालले बताउनुभयो । सेती अञ्चल अस्पतालमा चार शैयाको आईसीयु सञ्चालनमा छ । चौबिसै घण्टा नर्सिङ कर्मचारीको रेखदेखमा रहने गम्तिर प्रकृतीका विरमी भर्ना गरिने आईसीयु वार्डमा पनि डाक्टर शेरबहादुर कमर सहितका तीन जना डाक्टर आफै खटिएका छन । नर्सिङ कर्मचारीहरुले विरामी हेर्न छोडेर आन्दोलनमा लागेपछि, अस्पतालको सबै उपचार सेवा प्रभावित भएको छ ।

आईतबार र शुक्रबार हुने हाडजोर्नी, मंगलबार र विहीबार हुने गाईनो, सोमबार र बुधबार हुने जनरल सर्जरीको काम बन्द हुने भएको छ । मंगलबार हुने प्रसुतीको सल्यक्रिया प्रभावित भएको छ । प्रसुती वार्डमा भर्ना भएका गर्भवती महिलाहरु स्याहार नपाएर छटपटि रहेका छन ।

दैनिक ८ घण्टा सेवा अवरुद्ध पारिए समस्या विकराल हुने अस्पतालका मेसु डाक्टर सजन केसीले बताउनुभयो । सेती अञ्चल अस्पतालमा सुदूरपश्चिमका सात पहाडि जिल्ला, बाजुरा, बझाङ, बैतडी, दार्चुला, डोटी, अछाम र डडेल्धुराबाट पनि विरामी आउने गर्छन । अझ कञ्चनपुरका रहेको महाकाली अञ्चल अस्पतालमा पनि चिकित्सक अभाव रहेकाले त्यहाँका सुत्केरीका सबै विरामीहरु सेतीमै आउने गरेकाले पनि झन समस्या भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved