This is a test

नमुना स्वास्थ्य चौकीका रुपमा स्थापित हुदै टाँटे स्वास्थ्य चौकी

0

टाँटे स्वास्थ्य चौकिमा बिरामीको चेक जाँच गर्दै सिनियर अहेब दिपक शाह
तस्वीर : प्रकाश सिंह, दिनेश एफ एम

प्रकाश सिंह, बाजुरा मंसिर १९ गते ।

बाजुरा जिल्लाको बुढिगंगा नगरापालिकामा रहेको टाँटे स्वास्थ्य चौकी दुर्गममै नमुना स्वास्थ्य चौकीका रुपमा स्थापित भएको छ । स्वास्थ्य चौकीले दिने सेवा सुविधा भन्दा पनि अन्य सेवा दिदै पहाडि जिल्लाको हकमा नमुना स्वास्थ्य चौकीको रुपमा रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । २०२० सालमा स्थापना भएको टाँटे स्वास्थ्य चौकीमा प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सञ्चालन गर्दै आएको छ ।

स्वास्थ्य चौकीले दिने सेवा भन्दा आकस्मिक रुक्क्तसञ्चार सेवा, एक्सरे सेवा, इर्मेजेन्सि सेवा, ल्याब सेवा र बिरामी भर्ना गरेर उपचार गर्दै आएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुवरले वताउनुभयो । टाँटे स्वास्थ्य चौकीले दिएको सेवा हिमाली तथा पहाडि जिल्लामा उत्कृष्ट रहेको छ । स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा, भिसिटि केन्द्र, ओसिटि सेवा समेत सञ्चालन गर्दै आएको स्वास्थ्य चौकीका ईन्चार्ज दिपक शाहले वताउनुभयो । स्वास्थ्य चौकीको कार्यक्षेत्रमा थप प्रसुति केन्द्र स्थापना गरेर सेवा दिइरहेको उहाले बताउनुभयो ।

सरकारी दरबिन्द भन्दा बाहेक सबै ब्यबस्थापन स्वास्थ्य चौकीले नै गरीरहेको शाहले वताउनुभयो । स्वास्थ्य चौकीले राम्रो सेवा दिने भएकाले बाजुराको तल्लो भेगका त्रिबेणी नगरपालिका, छेडेदह गाँउपालिका, बुढिगंगा नगरपालिका लगायत अन्य गाँउ पालिका र नगरपालिका बाट सेवा लिन आउने गरेका छन् । देशमै ग्रामिण भेगका स्वास्थ्य चौकिमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालन नभएपनि टाँटे स्वास्थ्य चौकीले सेवा सञ्चालनमा ल्याइरहेको टाँटे स्वास्थ्य चौकिका ईन्चार्ज दिपक शाहले वताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved