This is a test

धान पाके, नपाकेको राम्ररी जाँचेर मात्रै काट्न कृर्षी प्रावीधीकहरुको सुझाव

0

नवराज पनेरु, धनगढी २१ असोज ।

कैलालीका किसान यतिबेला धान काट्न र चुट्न व्यस्त छन । असारको पहिलो हप्तामै धान रोपेका धेरै किसान हिजोआज धान काटेर सुकाउँदै चुट्न व्यस्त भएका हुन् । यद्यपी कैलाली जिल्लामा अधिकासं किसानहरुले लगाएको धान बाली काट्न बाँकी छ । कैलालीका किसानहरु आजभोली तिहारअघि नै धान भित्रयाउने योजनामा छन । केही स्थानमा त धान काटन र चुटन पनि थालिएको छ । असोज महिनामा धान काट्ने र कात्तिक महिनामा घरमा भित्रयाएर मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनाव भोट हाल्ने पनि किसानको योजना छ । धनगढीमा कम क्षेत्रफलमा धान खेती गरेका किसानहरु धान काटेर चुट्न थालेपनि बढि क्षेत्रफलमा धान खेती गरीरहेका किसानहरुले भने बल्ल धान काट्न सुरु गरेका छन् । तर बाली प्रावीधीकहरुका अनुसार बर्षातको बेला धान रोप्नदेखि गोडमेल गर्न दुःख गरे जत्तिकै पाकेको धान काट्न र भित्र्याउन पनि विचार गर्नुपर्छ । खेतमा धेरै दुःख गरी रोपिएको धानबालीको स्याहार सुसारसँगै धान काट्दा पाके नपाकेको राम्ररी थाहा पाउन र भित्र्याउन विशेष ध्यान दिनुपर्ने जिल्ला कृर्षी विकास कार्यालय कैलालीका प्रावीधीक संकर अवस्थीले बताउनुभयो । कृर्षी प्रावीधीकका अनुसार धान पाकेको छ की छैन ? सबैभन्दा पहिला त्यो थाहा पाउनुपर्छ । धान पाकेको छ भने मात्रै काट्नुपर्छ, नभए राम्ररी पाक्न दिनुपर्छ । पाकेको धान दाँतले टोक्दा आवाज आउँछ भने पाकेको छैन् भने आवाज आउँदैन । पाकेको धानको गेडा पोटिलो हुन्छ भने त्यो बिउका लागि पनि उत्तम र विक्रीका लागि पनि राम्रो हुन्छ । त्यसको भात पनि उत्तिकै मिठो हुन्छ । तर धान पाकेको छैन् भने भात पनि मिठो हुदैन् चामल पनि टुक्रिएर कनिका हुने र भित्राईएको धानमा पनि किराको संक्रमण हुने गरेको छ । त्यसैले धान पाके नपाकेको राम्ररी जाँचेर मात्रै काट्नुपर्ने जिल्ला कृर्षी विकास कार्यालय कैलालीका प्रावीधीक संकर अवस्थीले बताउनुभयो । धान पाकेको छ भने खेतमा रहेको पानी खोलिदिनुपर्छ । अर्थात तिन चार दिन पहिला नै धानखेतलाई सुख्खा बनाउनुपर्छ । यसले धानको बालालाई पाक्न सहयोग गर्छ र गेडा पनि पोटिलो हुन्छ । साथै कृर्षी कार्यालयले मौसम वदली भएको बेला धान नकाट्न पनि आग्रह गरेको छ । जिल्ला कृर्षी विकास कार्यालय कैलालीको तथ्याङक अनुसार कैलाली जिल्लामा ७१ हजार ७ सय १०) हेक्टर क्षेफलमा धान खेती गरीएको छ । मलको सहज आपुर्ती र आवश्यक पानीको पर्याप्तताका कारण यस वर्ष गएको वर्षभन्दा बढी धान उत्पादन हुने अनुमान कृर्षी कार्यालयको छ । यस वर्ष धानखेती भएको क्षेत्रमा बाढी आएपनि बाढीसँगै आएको मलिलो माटो धानबालीमा पसेकाले त्यसले धान उत्पादन बढ्ने पनि अनुमान गरीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved