This is a test

धरौटी रकम बुझाउन नसक्दा मिटर ब्याजमा संलग्न दुई महिला कारागार चलान

0

एफ एम सम्वांदादाता, धनगढी १७ साउन ।

मिटर ब्याज धन्दामा लागेर बैंकिङ कसुरमा मुद्धा खेपिरहेका धनगढीका दुई महिला धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन । धनगढी उपमहानगरपालिका ८ बुद्धचोकका कविता चौधरी र मञ्जु बमलाई धरौटी बुझाउन नसकेपछि, उच्च अदालत नेपालगञ्जको बाणिज्य ईजलासले कारागार चलान गरेको हो ।

कविता चौधरीबाट ७ लाख र मञ्जु बमबाट साढे तीन लाख धरौटी माग भएको र उनीहरुले बुझाउन नसकेपछि कारागार चलान गरिएको कैलालीका प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिनुभयो । दुबैजनालाई बाँकेको नेपालगञ्ज कारागार चालान गरिएको छ । कविता चौधरीले रेखा अधिकारीलाई दिएको बैंक अफ काठमाण्डौंको १४ लाखको चेक बाउन्स भएपछि उनी पक्राउ परेकी थिईन । मञ्जु बम पनि कल्पना जोशीको उजुरीका आधारमा पक्राउ परेकी हुन ।

बमले बैशाख २५ गते दिएको एनआइसी एशिया बैंकको ६ लाख २९ हजारको चेक नसाटिएपछि कल्पनाले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेकी हुन । प्रहरीले मिट ब्याजकै आरोपमा पक्राउ परेकी अर्की महिला निलम पनेरुको भने बहस जारी रहेको जनाएको छ । पनेरु विरुद्ध धनगढीका ६ जनाले चेक बाउन्स गराएर प्रहरीमा उजुर।ी दिएका थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved