This is a test

धमाधम मन्त्रालय निमार्ण हुदै

0

सिताराम ओझा, धनगढी माघ २५ गते ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्थापना भएकै दोस्रो दिन बुधवार बाट दुई ओटा मन्त्रालय पनि स्थापना भएका छन । साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयको भवनमा भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थापना भएका हुन । दुबै मन्त्रालयमा वोर्ड लगाएर वुधवार देखि कामकाज सुरु गरिएको छ ।

६ वटा मन्त्रालय रहने ब्यवसथा गरिएकोमा अझै थप चार वटा मन्त्रालयको स्थापना भने हुन सकेको छैन । तोकिएका मन्त्रालय रहने स्थानका लागि बुधवार टेण्डर खोलिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहने मन्त्रालयसँगै थप दुई वटा कार्यालयहरुले पनि मन्त्रालयको वोर्ड लगाएर सेवा प्रवाह सुरु गरेको प्रदेश कार्यालय व्यवस्थापन समितीका सदस्य सचिव रविन्द्र वोहोराले बताउनुभयो ।

सेती अञ्चल यातायात ब्यवस्था कार्यालयको नवनिर्मित भवनमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको लागि निर्माणको काम भईरहेकै बेला मंगलबार देखि त्यहाँबाट कामकाज सुरु गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको वोर्ड जिल्ला कृषि विकास कार्यालयको भवनमा राखेर कार्यालय स्थापना गरिएको सोही मन्त्रालयका सचिव पिताम्वर घिमिरेले बताउनुभयो ।

केही कर्मचारी आईसकेकाले भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वोर्ड लगाएर वुधवारदेखि मन्त्रालयको स्थापना गरिएको छ । धनगढीको चौराहामा रहेको सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयको भवनमा भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थापना गरिएको हो । त्यस मन्त्रालयको सचिवको जिम्मेवारी क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक हरिहर अधिकारीलाई दिईएको छ ।

उहाँ अझै हाजिर नभईसके पनि मन्त्रालय भने स्थापना गरिएको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उप–सचिव विरेन्द्र खड्काले बताउनुभयो । तीन वटा मन्त्रालयले जसोतसो काम गर्न सुरु गरेको भएपनि चार वटा मन्त्रालयहरुको कामको भने टुंगो लागेको छैन । चार वटै मन्त्रालयका एक जना कर्मचारी पनि धनगढी पुगेका छैनन् ।

वडा प्रहरी कार्यालय नजिक निर्माणाधीन रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा रहने सामाजिक विकास मन्त्रालयको भवन निर्माण भईरहेको छ । क्षेत्रीय सिचाई निर्देशनालयमा भौतिक पुर्वाधार विकास मन्त्रालय, आन्तरिक राजश्व कार्यालयको परिषरमा निर्माण भईरहेको नवनिर्मित भवनमा आर्थिक मामिला तथा उद्योग मन्त्रालय र क्षेत्रीय वन निर्देशनालयको भवनमा उद्योग पर्यटन वातावरण तथा वन मन्त्रालय रहने निर्णय भएपनि तयारी केही भएको छैन ।

नयाँ भवनमा निर्माण कार्यसँगै अन्य पुर्वाधार तयार पार्न तथा पुराना भवनमा रंगरोगन लगायतका कामहरु गर्नका लागि आव्हान भएको टेण्डर वुधवार मात्रै खुलेकाले अब मन्त्रालय स्थापनाको काम तिब्र हुने प्रदेश कार्यालय व्यवस्थापन समितीका सदस्य सचिव रविन्द्र वोहोराले बताउनुभयो । मन्त्रालय वसेका कार्यालयहरु खाली हुन सकेका छैनन भने कर्मचारी नपुगेका मन्त्रालयहरु स्थापना नै हुन सकेका छैनन । त्यसैले खटिएका कर्मचारीहरुले तोकिएको समयमा आ–आफ्नो तोकिएको मन्त्रालयमा आएर कामकाज सहज पार्नुपर्छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved