This is a test

धनगढी विमानस्थलमा दैनिकजसो उडान रद्ध

0

धनगढी, पुस १० गते ।

भीओर/डिएमई नामक उपकरण जडानका लागि जग्गा अधिग्रहणको काम चलिरहेका बेला, धनगढी विमानस्थलमा दैनिक जसो उडान रद्ध हुने समस्या बढ्न थालेको छ । हुस्सु लाग्ने र बिना कुनै उपकरणको धनगढी विमानस्थलमा ५ हजार मिटरको भिजिबिलीटीमा मात्रै जहाज आउने गरेको छ । नेपालगञ्ज विमानस्थलमा भने भीओर÷डिएमई उपकरण जडान भईसकेकाले त्यहाँ १६ मिटरको भिजिविलिटीमा जहाज अवतरण हुने गरेको छ ।

दैनिकजसो उडान रद्ध हुन थालेपछि विमानस्थलको टावरमा बसेका प्राविधिकले लापरवाही गरेको आरोप पनि यात्रुहरुले लगाउन थालेका छन । तर धनगढी विमानस्थलका प्रमुख छवि ठकुल्ला भने विमानस्थलको तर्फबाट कुनै कमजोरी नहुने गरेको दाबी गर्नुहुन्छ । दैनिक जसो हुने उडान रद्ध र त्यसको कारण बारे सहकर्मी शिबराज भट्टले उहाँसँग गर्नुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved