धनगढी विमानस्थलको स्तरोन्नतिका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु

0

नवराज पनेरु, धनगढी ०२ जेठ ।

फाईल तस्वीर

कैलालीको गेटामा रहेको धनगढी विमानस्थलको स्तरोन्नतिका लागि यो वर्ष थप जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । चालु आर्थीक बर्षको बजेटमा सरकारले धनगढी विमानस्थल सुधार तथा स्तरोन्नती कार्यक्रम पास भएपछि विमानस्थलको स्तरोन्नतीका लागी जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढाईएको हो ।

१७ बिघा ३ कठ्ठा जग्गा अधिग्रहण गर्ने उद्देश्यका साथ प्रक्रिया अगाडि बढाएको नागरिक उड्डयन प्राधिकरण धनगढीले जनाएको छ । जग्गा अधिग्रहणका लागी मालपोत र नापी कार्यालयहरुले जग्गा, कित्ता नम्वर र जग्गा धनी छुट्याउने प्रक्रिया अन्तिम चरणमा पुगाएका छन । विमानस्थलको धावनमार्गको पुर्वपट्टी जग्गा अधिग्रहणका लागी प्रक्रिया अगाडी बढाईएको हो ।

जग्गा अघिग्रहण भएपछि बिमानस्थलमा भिओआर डिएमई नामक उपकरण जडानका लागि समेत बाटो खुल्नेछ । यो आर्थीक बर्षमा जग्गा प्राप्ती गरेर अर्को आर्थीक बर्षको सुरुवातदेखी नै उपकरण जडान गरी विमानस्थलमा दिन संगै रातमा समेत उडान भर्न सकिने बनाउने योजना नागरीक उड्यान प्राधीकरणको छ ।

यो वर्ष विमानस्थलको रनवेदेखि पुर्वतिर घोडषुवा र खुटीया रोडको बिचमा १७ विघा ३ कठ्ठा ११ धुर जग्गा अधिग्रहण गर्ने योजनाका साथ अहिले मालपोत र नापी कार्यालयको काम भईरहेको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख छवीसिह ठकुल्लाले बताउनुभयो । तत्लकालीन ओली सरकारले चालु आथीृक बर्षभित्रै सुदुरपश्चिमका ४ वटा बन्द विमामनस्थललाई मर्मत गरी सचारु गर्ने र धनगढी विमानस्थलको स्तरोन्नती गर्ने योजना बजेट मार्फत ल्याएको थियो ।

तर यसै आर्थीक बर्ष भित्र धनगढी विमानस्थलको स्तरोन्नती हुन नसकेपनि जग्गा प्राप्त गरीसक्ने लक्ष्य प्राधीकरणले राखेको छ । नापी र मालपोतको काम अन्तीम चरणमा पुगेकाले अव छिट्टै जग्गा खरीदको प्रक्रिया सुरु गरीने छ । त्यसपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआव्जा निर्धारण समितीले जग्गाको मुल्य तोक्नेछ भने असार मसान्त भित्रै जग्गा खरीद गरीसक्ने लक्ष्य रहेको उहाले बताउनुभयो ।

जग्गा अधिग्रहणका लागी नेपाल नागरीक उड्यान प्राधीकरणले यसै आर्थीक बर्षमा जग्गा अधिग्रहणका लागि पर्याप्त बजेट भएकाले, दिन तयार रहेको जनाएको छ । झण्डै एक दशकअघि धनगढी विमानस्थलमा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएपनि अझै सम्पन्न नभएकाले यसपाली नागरीक उड्यान प्राधीकरण धनगढीका प्रमुखलाई प्रारम्भीक अधिकारी तोक्दै यो आर्थीक बर्षमा १७ विघा जग्गा खरीद गरीसक्न निर्देशन दिएको नेपाल नागरीक उड्यान प्राधीकरणका प्रवक्ता धिरेन्द्र प्रशाद श्रेष्ठले बताउनुभयो ।

जग्गा अधिग्रहण भएसंगै अर्को आर्थीक बर्षमा धनगढी बिमानस्थलमा भिओआर डिएमई नामक उपकरण जडानका लागि प्रक्रिया अगाडी बढाईने छ । जापान अन्तराष्ट्रीय सहयोग नियोग जाइकाले उक्त उपकरण जडान गर्नेछ । जग्गा अधिग्रण भएपछि एप्रोच लाइट जडान लगायत स्तरोन्नतिका लागि बिभिन्न योजनाहरु अगाडि बढ्ने छन् ।

जग्गा अधिग्रहणपछि जडान हुने उपकरणले रात्रीकालिन उडान र सामान्य हुस्सु लागेका बेला पनि अवतरण गर्न सकिने छ । प्राधिकरणले, धनगढी विमानस्थललाई त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल पछिको देशकै दोस्रो ठूलो विमानस्थल बनाउने सरकारले लक्ष्य लिएको जनाएको छ ।

Share.

Leave A Reply