धनगढी–राजघाट जोड्ने मोहना नदीको पुल निर्माणको काम सुरु

0

दीपक जोशी, धनगढी २६ असोज ।

निर्माण व्यवसायीहरुले काम ठप्प पारेका वेला लामो समयदेखी निर्माण कार्य अबरुद्ध रहेको धनगढी राजघाट जोड्ने मोहना नदीको पुल निमार्णको कार्य भने बुधवार देखी सुरु भएको छ । चन्द्र सेखर मल्ल संञ्चालक रहेको निर्माण कम्पनीले बुधवार देखी पुनः पुल निमार्णको कार्य सुरु गरेको हो । तिन बर्ष निर्माण अवधि रहेको पुलको निर्माणको समय गत असारमै सकिएको भएपनि कछुवाको गतिमा भईरहेको काम फेरी निर्माण कम्पनीले सुरु गरेको हो । जेसिवी लगाएर पिल्लरहरु सफा गर्ने कार्य गरिरहेको निर्माण कम्पनीका लेखापाल युवराज चौधरीले जानकारी दिनुभयो । गत जेठ महिनाबाटै अबरुद्ध रहेको पुल निमार्णको काम यस बर्ष जसरी पनि सम्पन्न हुने निमार्ण व्यवसायी चन्द्रसेखर मल्लले दावी गर्दै आउनुभएको छ । तर पटक पटक समयमै काम सक्ने दावी मात्रै गरेका कारण स्थानिय वासिन्दाहरु यस बर्ष पनि पुल निमार्णले गति लिनेमा विश्वस्त हुन सकेका छैनन । पटक पटक निर्माण कार्य सुरु हुँदै रोकिएपछि स्थानीय वासिन्दा हैरान हुँदै आएका छन । पुल निमार्णको काम सुरु भएकोले अब नियमित काम सुरु हुने निर्माण कम्पनीले दावी गरे पनि स्थानीय वासिन्दाले निर्माणको कामले गति लिनेमा आशंका व्यक्त गरेका छन । निर्धारीत ३ बर्षको अवधिमा पुल निमार्णको काम सम्पन्न नभएपछि अहिले एक बर्ष म्याद थप्नका लागि प्रक्रिया सुरु भएको छ । तीन वर्षमा ३० प्रतिशत पनि काम सम्पन्न नभएपछि निर्माण कम्पनीको चर्को आयोजना भईरहेको छ । स्थानीय वासिन्दाहरुको पुलवाट ओहोर दोहोर गर्ने सपना पनि लामो समयदेखि पुरा हुन सकेको छैन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved