This is a test

धनगढी प्रिमियर लिगका लागि १ सय ९२ खेलाडीले नाम दर्ता गरे

0

धनगढी, माघ २७ गते ।

चैत्र १७ गते देखि हुने धनगढी प्रिमियर लिगमा कुल १ सय ९२ जना खेलाडीले नाम दर्ता गराएका छन । गत पुष २० गते देखि माघ २५ गते सम्म खेलाडीले दर्ता गर्ने मिति तय गरेकोमा यसपटक डिपिएलमा १ सय ९२ जना खेलाडीले नाम दर्ता गरेका हुन । यो सूचिबाट पुन खेलाडीको सर्टलिस्ट गरिनेछ । अन्तिममा रहेका उत्कृष्ट खेलाडीलाई फागुन ५ गते हुने अक्सनमा राखिनेछ ।

दर्ता भएका खेलाडीहरुको बर्गिकरण ए, वि, सि, र डि गरि चार क्याटागरिमा गरिएको छ । अक्सनमा ‘ए’ क्याटागरिबाट ३ भन्दा बढी खेलाडीहरु टिमले लिन पाउनेछैन भने कम्तिमा २ जना खेलाडी ‘ए’ क्याटागरिबाट लिनुपर्नेछ । यस्तै ‘बी’ क्याटागरिबाट कम्तिमा ३ जना खेलाडी लिनैपर्नेछ भने ‘सी’ क्याटागरिबाट कम्तिमा ५ जना खेलाडीहरु लिनैपर्ने प्राबधान राखिएको छ ।

धनगढी प्रिमियर लिगमा देशभरमा ६ शहरको प्रतिनिधित्व गर्ने टिमहरुले भाग लिनेछन् । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बा्धिक पुरस्कार राशी हो । यस्तै उपविजेताले १० लाख, तेश्रो हुने टिमले ३ लाख तथा चौथो हुने टिमले २ लाख पुरस्कार पाउनेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved