This is a test

धनगढी उपमहानगरपालिकाको झण्डै सवा अर्वको अनुमानित वजेट प्रस्ताव

0

सीताराम ओझा, धनगढी २१ साउन ।

धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक निति, कार्यक्रम तथा वजेट प्रस्तुत गरिएको छ । जन प्रतिनिधि निर्वाचित भएपछिको धनगढी उपमहानगरपालिकाको प्रथम नगर सभा अधिवेशसनमा विभिन्न शिर्षकमा चालु आर्थिक वर्षका लागि कार्यक्रमहरु सार्वजनिक गरिएका छन । धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले प्रस्तुत गरेको विभिन्न ६ वटा शिर्षकका निति तथा कार्यक्रमहरु वजेट बीना नै प्रस्तुत भएका हुन ।

पुर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तिय व्यवस्थापन र सुशासनका क्षेत्रमा विभिन्न महत्वाकाँक्षी योजनाहरु प्रस्तुत गरिएको भएपनि ती कार्यक्रमका लागि वजेट उल्लेख गरिएको छैन । तर निति कार्यक्रम तथा वजेट वक्यव्यको अन्त्यतिर झण्डै सवा एक अर्वको प्रस्तावित आय व्यय विवरण नगर प्रमुख ओडले प्रस्तुत गर्नुभयो । यो भन्दा अघि गत पुसमा भएको नगर परिषदले पास गरेको झण्डै आधा अर्वको वजेटमा दोव्वर वढी वृद्धि गरेर चालु आर्थिक वर्षका लागि वजेट विनियोजन गरिएको हो ।

नगर क्षेत्रमा सडकहरु कालोपत्रे मर्मत गर्ने, नगर यातायात गुरुयोजना कार्यान्वयन गर्ने, घरहरु नम्वरीङको काम गर्ने, फुलवारीमा चिल्ड्रेन पार्क निर्माण गर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु संरक्षण गर्ने, जाखोर ताल लगातयका तालहरुको संरक्षण गर्ने, भादा होमस्टेको स्तरोन्नती गर्ने, हाटवजार सञ्चालन गर्ने, गौशाला निर्माण गर्ने, एक वडा एक कृषि कार्यक्रम सञ्चालन गर्ने, खेतीयोग्य जमीनको माटो परीक्षण गर्ने लगायतका धेरै कार्यक्रमहरु नगर प्रमुख ओडद्वारा प्रस्तुत निति तथा कार्यक्रममा राखिएका छन ।

खोला नालाको अतिक्रमण हटाई साईकल पथ तथा हरियाली पार्क निर्माण गर्ने, हरियाली सुविधा सम्पन्न नमुना गाउँ वनाउने, नगर क्षेत्रका शहरका दायावाया हरियाली र सौन्दर्य वनाउने लगायतका कार्यक्रमहरु नगर प्रमुख ओडले प्रस्तुत गर्नुभयो ।

योजनाहरुको कार्यान्वयन तथा व्यवस्थापन प्रणालीलाई व्यवस्थित गरिने, लक्षित वर्गहरुका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी वनाउन उपहानगरपालिका र वडा कार्यालयहरुलाई साधन सम्पन्न गराउने, कर्मचारीहरुलाई प्रोत्सहानका लागि पुरष्कृत गर्ने, जनताका गुनासो सुन्नका लागि टोल फ्रि नम्वर सञ्चालन गर्ने, सुचनामा पहुँच वढाउनका लागि डिजिटल सुचना वोर्ड राख्ने लगायतका योजनाहरु पनि वार्षिक निति तथा कार्यक्रममा समावेश गरिएका छन । अघिल्ला वर्षका केही कार्यक्रमहरुलाई पनि यस वर्ष निरन्तरता दिईएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved