This is a test

धनगढी उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी

0

दीपक जोशी, धनगढी पुस १२ गते ।

कार्यालयमा कर्मचारी नभेटिएपछि सेवाग्राहीले धनगढी उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन । कर्मचारीहरु कार्यालय खाली गरेर हिड्ने गरेपछि आक्रोसीत भएका सेवाग्राहीले मंगलवार कार्यालयको च्यानल गेटमा तालाबन्दी गरेका हुन । कार्यालय समयमा कर्मचारीहरु दैनिक अनुपस्थित हुने गरेको गुनासो लामो समयदेखी आईरहेको थियो ।

जनप्रतिनिधिहरु कार्यालयमा अनुहार देखाएर हिँड्ने र कर्मचारी पनि हाजिर लगाएर बेपत्ता हुनेगरेपछि आफुहरुले ताला लगाएको वडा नम्बर ३ का स्थानिय वासिन्दा अम्रित चन्दले बताउनुभयो । कार्यालयमा भएका कर्मचारी पनि काम छोडेर घाम तापेर बस्ने गरेको उहाँले आरोप लगाउनुभयो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख विभिन्न कार्यक्रममा बाहिर जाने र अरु कर्मचारी पनि कार्यालयमा नबस्दा आफुहरुको स–सानो काम समेत नहुने गरेको जुगेडाकी शुसिला भाटले बताउनुभयो । धनगढी उपमहानगरपालिकामा केही दिनयता दर्ता–चलानी फाँटका कर्मचारी र राजस्व सकंलन गर्ने कर्मचारी मात्रै भेटिने गरेका छन । अरु कर्मचारी हाजिर लगाउने समय बिहान र बेलुकामात्र देखिने गरेको नगरवासीको गुनासो छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved