धनगढीमा सञ्चालीत उद्योगहरुमा ७४ प्रतिशत कामदार अदक्ष

0

नवराज पनेरु, धनगढी २४ बैशाख ।

धनगढीमा सञ्चालीत उद्योगहरुमा ७४ प्रतिशत कामदार अदक्ष रहेको तथ्य सार्वजनीक गरीएको छ । अन्तराष्ट्रीय श्रम संगठन आईएलओको सहयोगमा ईन्ड्रस्ट्रीयल हुमन रिसर्चले गरेको अध्ययन अनुसार धनगढीमा सञ्चालनमा रहेका उद्योगहरुमा ७४ प्रतिशत भन्दा बढि कामदारहरु अदक्ष रहेको भेटीएको हो । झण्डै एक सय १० वटा उद्योगहरुमा गरीएको अध्ययनले यस्तो तथ्य देखाएको हो ।

यस्तै धनगढीमा सञ्चालनमा रहेका साना–ठुला सबै उद्योगहरु भारतीय कामदारको भरमा सञ्चालन भईरहेका छन् । देशका अन्य औद्योगीक क्षेत्रको तुलनामा धनगढीमा भारतीय कामदारको सङख्या कम छ तर सिपयुक्त श्रमशक्ति भने लगभग सबै भारतको छ । कुनै पनि तालीम नलिएर अनुभवको भरमा कामदारहरुले उद्योगहरु सञ्चालन गरीरहेका छन् ।

धनगढीमा रहेका एक सय १० वटा उद्योगमा ५ जना पेन्टर, १५ जना सवारी चालक, एक सय ७ जना मिस्त्री र ९ जना अपरेटर मात्रै सिपयुक्त भेटीएका छन् । वर्षेनी रोजगारीको खोजीमा नेपालका थुप्रै युवाहरु विदेश जान्छन् । तर धनगढीका उद्योगमा भने ठुलो संख्यामा विदेशी कामदारहरु कार्यरत छन् । उद्योगहरुमा कार्यरत कामदारहरु मध्ये १२ प्रतिशत कामदार भारतबाट बोलाईएका छन ।

नेपाली कामदारमा दक्षता नहुने, स्थाई रुपमा काम नगर्ने र बढी कमाउने लोभमा विदेश पलायन हुने भएका कारण भारतीय कामदारका भरमा उद्योग सञ्चालन भईरहेको भेटीएको अन्तराष्ट्रीय श्रम संगठन आईएलओको सहयोगमा गरीएको अध्ययनका एक जना अध्ययनकर्ता डाक्टर केशव बस्यालले बताउनुभयो । अध्ययनकर्ता समक्ष उद्योग सञ्चालकहरुले कामदारको अभावलाई पनि मुख्य समस्याको रुपमा राखेका छन् ।

सबै उद्योग सञ्चालकहरुले दक्ष कामदारको अभावले अपेक्षाकृत रुपमा उप्पादन दिन नसकेको गुनासो राखेका छन् भने दक्ष कामदारलाई पनि टिकाउन सकिएको छैन् । अदक्ष कामदारहरुले पनि तालीम लिन चाहेको बताएका छन् ।

अधिकासं कामदारहरु सिपयुक्त नभएको र भारतीय कामदारको भरमा उदोगहरु सञ्चालन भईरहेपनि यस क्षेत्रमा सिपयुक्त श्रमशक्ति उत्पादनमा कसैको पनि ध्यान गएको छैन् । तर कैलाली उदोग वाणीज्य संघका अध्यक्ष शंकर वोगटी भने छिट्टै सिपयुक्त श्रमशक्ति उतपादनका लागी पहल गर्ने बताउनुहुन्छ ।

Share.

Leave A Reply