धनगढीमा रेष्टुरेन्ट खुल्ने क्रम तिब्र

0

दीपक जोशी, धनगढी २६ भदौ ।

धनगढीका व्यवयसायीहरुले ठुला होटेल खोल्न करौडौ लगानी गरिरहेका बेला पछिल्लो समय रेष्टुरेन्टहरुमा पनि उत्तिकै लगानी बढ्न थालेको छ । केहि बर्ष अघि सिमित संख्यामा रहेका रेष्टुरेन्टहरु पछिल्ला बर्षयता छ्याप्छ्याप्ती खुल्ने क्रमले तिब्रता पाएको हो । पछिल्लो एक बर्षमा मात्रै धनगढीमा एक दर्जनको हाराहारीमा नयाँ क्याफेहरु संचालनमा आएका छन । केहि बर्ष अघिको कुरा हो, झण्डै दुई बर्ष बैदेसीक रोजगारीमा गई स्वदेश फर्कनुभएका धनगढीका सुरज चन्दले धनगढी बाहिरका आप्mना साथीभाईहरुलाई दशै मनाउन धनगढी बोलाउनुभयो ।

रेष्टुरेन्टमा गएर खानपीन गर्न सोखिन चन्दले साथीभाईहरुलाई पनि धनगढीका रेष्टुरेन्टहरुको स्वाद चखाउन मन लाग्यो । तर दशैका बेला उसैपनि सुनसान हुने धनगढीमा सुरजले यहाँ संचालनमा रहेका एउटा पनि रेष्टुरेन्ट खुलेको पाउनुभएन । धनगढीमा रेष्टुरेन्ट खुला नभेटेपछि अन्यत्र गई साथीभाईसंग रमाईलो गर्नुभएका चन्दको मनमा त्यही दिनदेखी आफ्नो शहरमा सुबिधा सम्पन्न रेष्टुरेन्ट खोल्ने मन लाग्यो । सोही बमोजिम पार्कमोडमा सिसा रेष्टुरेन्ट खोल्नुभएका चन्दले त्यसको केहि समयमै जिल्ला प्रहरी कार्यालय नजिकै अर्काे सुबिधा सम्पन्न सास क्याफे खोल्नु भएको छ ।

बर्षमा ३ सय ६५ दिन नै सेवा दिने लक्ष्य सहित डेढ करोड लगानीमा क्याफे संचालनमा ल्याएको उहाँ बताउनुहुन्छ । कुनै समय केहि नयाँ परिकारहरुको स्वाद चाख्न राजधानी नै हानिनुपर्ने बाध्यता रहेको धनगढीमा पछिल्लो समय देशी बिदेसी परिकारहरु उपलब्ध गराउने गरी खुलेका क्याफेहरुको संख्या निकै बढेको छ । यस क्षेत्रका वासिन्दाहरुमा पनि परिवार सहित रेष्टुरेन्टमा गएर खानपीन गर्ने सोख बढेपछि फेमीली रेष्टुरेन्ट सहितका क्याफेहरु खुल्ने क्रमले निकै तिब्रता पाएको हो । सुरुवातमा धनगढीको पुरानो वेल्स क्याफेमा वेयटरको काम गर्नुभएका धनगढीका जगदिस रानाले दुई बर्ष यता उत्तरबेहडीमा संचालनमा ल्याएको स्माईल क्याफेले पनि राम्रो ख्याती कमाएको छ ।

धनगढीको पुरानो र निकै चलेको वेल्स क्याफेकै नजिक नजिकमा डिलाईट क्याफे, रोयल्स क्याफे, टाईम्स क्याफे, लगायतका रेष्टुरेन्टहरु पनि राम्रो चलेका छन । यो संगै पल्पसा क्याफे, रोडहाउस क्याफे, खप्तड रेष्टेरेन्ट लगायतका रेष्टुरेन्टहरु पनि बजारमा जमेका छन । काठमाडौपछि सबैभन्दा बढी जनसंख्या बृद्धीदर रहेको धनगढीमा क्याफे रेष्टुरेन्ट चलाउन खासै समस्या नहुने र मानिसहरुको रेष्टुरेन्टमा आवत जावत गर्ने क्रम पनि निकै बढीरहेकोले यसमा लगानी गरेको धनगढीको उत्तरबेहडीमै बेष्ट क्याफे संचालनमा ल्याउनुभएका जयराज जोशीले बताउनुभयो ।

स्वदेशमै केहि गर्नुपर्छ भन्ने भावना भएका धनगढीका युवाहरुले क्याफे रेष्टुरेन्टहरुमा लगानी गरिरहेका छन । पछिल्लो समय विदेशी परिकारप्रति नेपालीको रुचि र चासो बढ्दै गएका कारण देशी बिदेसी स्वादका परिकारहरुको स्वाद धनगढीकै रेष्टुरेन्टहरुमा चाख्न पाईन्छ । धनगढीमा फैलिएका रेस्टुरेन्टले समृद्धिको फड्को मारिरहे पनि लहैलहैमा रेष्टुरेन्टमा लगानी गरिदा जाखिम समेत बढेको छ ।

एक पछि अर्काे गर्दै क्याफे रेष्टुरेन्टहरु खोल्ने प्रतिस्पर्धाले सबैलाई टिक्न अप्ठेरो हुने खतरा पनि छ । कतिपय युवाहरु यतिवेला काम छैन भन्दै घर खेत बन्धकी राखेर खाडीमा पसिना बगाईरहेका छन भने कतिपय चाँही पार्टीका झण्डा वोक्दै नेताहरू अघिपछि भौतारीरहेका छन, तर ज जसले आफ्नो परिश्रमलाई ठुलो ठानेर व्यवसाय गरिरहेका छन उनिहरुले हरेस खानु परेको छैन । त्यसैले अन्य युवाहरुले पनि कुनै न कुनै व्यवसायप्रति आकर्षित भएमा बेरोजगारी, गरीवि र अभावबाट उन्मुक्ती पाउन सकिन्छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved