This is a test

धनगढीमा भारतिय नागरीकहरु गाडी सहित आउने क्रम बढ्यो

0

दीपक जोशी, धनगढी पुस २८ गते ।

सीमा क्षेत्रमा प्रहरीले जथाभावी सताउन छोडेपछि धनगढीमा भारतिय नागरीकहरु गाडी सहित धनगढी आउन थालेका छन । भारतको पलिया लखिमपुर बरेली लखनउ लगायतका शहरहरुबाट बिभिन्न कामले गाडी सहित आउने भारतिय यसअघि गौरीफन्टा सीमा क्षेत्रमै गाडि छोडेर त्यहाँबाट अटो रिक्सा चढेर नेपाल आउने गरेका थिए ।

पछिल्लो समय सीमामा सहज आवागमनका प्रयासहरु भएकाले भारतीयहरु गाडी नै ल्याएर आउने संख्या बढ्दै गएको हो । यसले स्थानिय बजारको प्रवर्धन भईरहेको छ भने पर्यटकिय गतिबिधि पनि बढाउने अपेक्षा गरिएको छ ।

दुधुवा नेशनल पार्कमा घुम्न आउने भारतीयहरु पनि निर्भयका साथ धनगढीसम्म पनि आईरहेका छन । एक डेढ बर्ष अघि मात्रै भारतका बिभिन्न ठाउबाट काम बिशेषले धनगढी आउने भारतिय नागरीकहरु पलिया अथवा गौरीफन्टामै गाडी रोकेर रिक्सा चढेर नेपाल आउने गर्थे ।

तर अहिले भने त्यस्तो अवस्था छैन । नेपालमा प्रहरीले अनावश्यक दुःख दिने क्रम कम गरेपछि भारतियहरु निर्भयका साथ धनगढीमा गाडी सहित आईरहेका छन । यसअघि प्रहरीले भारतिय गाडी देख्यो की सिटि बजाएर तर्साउने धम्काउने र जर्वजस्ती रकम असुल्ने गरेको थियो ।

तर अहिले भने आवश्यक कागजात बनाएर आए कसैले पनि दुःख नदिने गरेको नेपाल आएका भारतिय अस्लम बेगले बताउनुभयो । धनगढीमा अहिले दैनिक ५० औ संख्यामा भारतिय गाडीहरु आईरहेका छन उनिहरु मध्ये एक दिनमै फर्कनेहरु धेरै रहेको भन्सार कार्यालयले जनाएको छ । यो संगै दुधुवा नेशनल पार्कमा घुम्न आएका पर्यटक मध्ये पनि अधिकांस नेपाल घुम्ने भन्दै धनगढीसम्म पुग्ने गरेका छन ।

स्थानिय बजार प्रबद्र्धनका लागि उनिहरुलाई नेपाल भित्राउन अझै सहजीकरण गर्र्नु पर्ने धनगढीका व्यापारी गणेश दत्त पाण्डेले बताउनुभयो । धनगढीमा पर्यटन प्रबद्र्धन गर्ने हो भने भारतिय पर्यटकहरुलाई यहाँ भित्राउन सहजीकरण गर्नुको बिकल्प छैन । त्यसैले उनिहरुलाई यहाँ राम्रो आतिथ्यता दिन सबैले जागरुक हुन जरुरी छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved