This is a test

धनगढीमा प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम फेला

0

नवराज पनेरु, धनगढी मंसिर १८ गते ।

कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल डिभोटी नजिकै फेला परेको बम फेला परेको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर ५ तारानागरमा पुल नजिकै सोमवार बम फेला परेको हो ।

टिफीन डव्वामा राखीएको टाईम बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रधानमन्त्री देउवा डडेल्धुरा जाने तयारीमा रहनुभएकाले उहाँको रुट जाच गर्ने बेला बम फेला परेको हो । विगत ३ दिनदेखि प्रधानमन्त्री देउवा धनगढीमा बसिरहनुभएको छ ।

डडेल्धुरा जाने रुटमा बम फेला परेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । अहिले सेनाको कुकुर प्रयोग गरी रुट जाच गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक विर वहादुर बुढामगरले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved