This is a test

धनगढीमा नक्कली घरनक्सा बनाएर मोटो रकम उठाउने गिरोह नै सक्रिय

0

दीपक जोशी, धनगढी पुस १९ गते ।

धनगढीमा मोटो रकम लिएर नक्कली घरनक्सा बनाउने गिरोह नै सक्रिय रहेको तथ्य खुलेको छ । आफ्नो गाउँका धेरै जनाका नक्कली घरनक्सा बनाएर पास गराउने धनगढी उपमहानगरपालिका १२ डि गाउँका धर्मेन्द्र सिंह प्रक्राउ परेपछि यो कार्यमा ठुलै गिरोह सक्रिय रहेको तथ्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका सिंहको बयानका आधारमा अन्य केहि व्यक्ती पनि संलग्न रहेको पाईएकोले उनिहरुको खोजी भईरहेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको मुद्धा फाँटका प्रहरी निरिक्षक ईश्वरी पाण्डेयले अन्य व्यक्तीको पहिचान भईसकेको र उनिहरुको खोजीका लागि प्रहरी परिचालन भएको जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ गरेका सिंह सहित अन्य दुई गरी ३ जनाका बिरुद्ध म्याद थप गरी सरकारी कागजात किर्ते र जालसाजी मुद्धा दर्ता गरेको छ । यस्तै ठगी कार्यमा संलग्नहरुले आफ्नो कन्सल्टेन्सीको छाप समेत कृते गरेको भन्दै अत्तरियाको डेल्टा कन्सल्टेन्सीका संचालकले पनि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन ।

एकवर्ष अघि नै सरुवा भएर गईसक्नु भएका धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामलाल जोशीको हस्ताक्षर किर्ते गरेर घरसम्पन्नताको प्रमाणपत्र र नक्कली नक्सा सहित हिजो सिह पक्राउ परेका थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved