This is a test

धनगढीमा धर्म परिवर्तन गराउने गिरोह फेरी सक्रिय

0

दीपक जोशी, धनगढी पुस २८ गते ।

धनगढीमा धर्म परिवर्तन गराउने गिरोह फेरि सक्रिय भएको छ । ईशाई धर्मका प्रचारकहरु धर्म परिवर्तन गराउन प्रचार सामाग्रीहरु सहित घरघर पुगिरहेका छन् । उनिहरुले अन्य धर्म मान्नेहरुलाई बिभिन्न प्रलोभन देखाएर क्रिश्चियन धर्माबलम्बी बन्न प्रेरित गरिरहेका स्थानिय वासिन्दाले बताएका छन ।

धर्म प्रचारकहरु घरघरमा प्रचार सामाग्री सहित आएर धर्म परिवर्तनका लागि आग्रह गर्ने गरेको तारानगरका प्रकाशराज भट्टले बताउनुभयो । अन्य धर्मका खराब कुराहरु बारे भिडियो, पर्चा लगायत सामाग्री देखाएर क्रिश्चीयन बन्न आग्रह गर्ने गरेको उहाँले बताउनुभयो । क्रिश्चियन धर्मका प्रचारकहरुले धनगढीमा आर्थिक अवस्था कमजोर रहेका बर्गहरुलाई निशाना बनाएका छन ।

यहाँका थारु दलित लगायत बिपन्न बस्तीमा पुगेर क्रिश्चियन बने रकम पाईने, बिभिन्न रोगहरु निको हुने लगायतका आश्वाशन बाँडेर धर्म परिवर्तन गराउने कार्य भइरहेको हो । यसरी धर्म परिवर्तन गराउदै हिड्नेहरुलाई पक्रेर कारवाही गर्न स्थानिय वासिन्दाले माग गरेका छन । धर्म प्रचारकहरु खुलेयाम धर्म परिवर्तन गराउन हिँडिरहेपनि स्थानिय प्रशासनले कसैलाई रोकटोक नगरेको भन्दै स्थानीयले गुनासो समेत गरेका छन ।

गतबर्ष तारानगरका भक्तराज जोशीको घरमा प्रहरीले छापा हानेपछि घरमै अनाथालय खोलेर वालवालीकालाई क्रिश्चियन बनाईरहेको र उनको खातामा क्रिस्चीयन धर्म प्रचारका लागि बिदेशबाट ठुलो रकम आउने गरेको खुलेको थियो । त्यसपछि धनगढी आसपासमा जवर्जस्ती धर्म परिवर्तन गराउने काम केहि कम भएपनि पछिल्ला केहि दिनयता भने यो क्रम निकै बढेको छ । नेपाल धर्म निरपेक्ष राष्ट्र भएपनि प्रलोभन दिएर भने कसैको धर्म परिवर्तन गराउनु दण्डनीय अपराध हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved