This is a test

धनगढीमा ‘डिनर ईन द डार्क’ कार्यक्रम हुने

0

धनगढी, पुस २६ गते ।

रोटरी क्लब अफ धनगढीले दृष्टिविहीनहरुको सहयोगका लागि माघ ६ गते धनगढीमा ‘डिनर ईन द डार्क’ कार्यक्रमको आयोजना गर्ने भएको छ । फरक क्षमता भएका दृष्टिविहीनहरुले जीवन भरी अध्यारोमा खाना खाने भएकाले, उनीहरुको समस्या बोध गराउन पनि ‘डिनर ईन द डार्क’ कार्यक्रमको आयोजना गरिएको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको छ ।

‘डिनर ईन द डार्क’ कार्यक्रममा एक अध्यारो कोठामा विभिन्न प्रकारका खानाहरु राखिने छन । त्यो खाना खानका लागि दृष्टि भएका ब्यवसायी, पत्रकार, समाजसेवी जसलाई पनि दृष्टिबीहिनले नै त्यो अध्यारो कोठामा पुगाउने छन र ३० मिनेटमा खाना खाईसक्नुपर्नेछ ।

जीवनभरी ‘डार्क अथवा अध्यारोमा बाच्ने हरुको समस्या बोध गराउन र त्यसबाट उनीहरुका लागि आर्थिक सहयोग गर्नका लागि कार्यक्रमको आयोजना गरिएको ‘डिनर ईन द डार्क’ का संयोजक डाक्टर गणेशबहादुर सिहले जानकारी दिनुभयो । यसका लागि सहभागि हुनेले २ हजार रकम तिर्नुपर्नेछ भने सय जनाले मात्र भाग दिन पाउनेछन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved