This is a test

सशुल्क बैकल्पीक पार्किङ स्थलको निमार्ण हुनुपर्ने सरोकारवालाहरुको माग

0

दीपक जोशी, धनगढी २७ असोज ।

धनगढीको मुख्य सडकमा सवारी साधनको चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापन पनि अस्तब्यस्त भएको छ । मुख्यगरी अस्पताल लाईनमा संचालनमा आएका औषधी पसल र मेडिकल अगाडी सबैभन्दा बढी समस्या देखिएको छ । सरोकारवालाहरुले अस्पताल लाईनको व्यवस्थीत पार्किङको समस्या समाधानका लागि सशुल्क बैकल्पीक पार्किङ स्थलको निमार्ण हुनुपर्ने माग गरेका छन । पार्किङ स्थल अभावमा मुख्य सडकमै सवारी साधन पार्किङ भईरहेपछि अस्पताल लाईनको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको सेती अञ्चल अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष रिता भण्डारी बमले बताउनुभयो ।

अस्पताल लाईनमा बिरामीका आफन्तहरुले मोटरसाईकल लगायतका सवारीका साधन लिएर आउने गरेका छन । तर उक्त सवारी साधन पार्किङका लागि अधिकांस निजि अस्पताल, औषधी पसल, मेडिकल लगायतले पार्किङको व्यवस्थापन नमिलाउदा समस्या निम्तीएकाले अब अस्पताल लाईन नजिकै शसुल्क पार्किङको व्यवस्थापन मिलाईनुपर्ने कैलाली उद्योग बाणीज्य संघका कोषाध्यक्ष पुष्प कुँवरले बताउनुभयो ।

अस्पताल लाईनको ट्राफिक व्यवस्थापनका लागि केहि ट्राफिक प्रहरीहरु खटाईएको भएपनि उनिहरुले सडकमा जथाभावी गरिने पार्किङलाई रोक्न सकेका छैनन । अस्पताल लाईनमा पार्किङ सहजताका लागि प्रहरी खटार्ईपनि व्यवस्थीत व्यवस्थापन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख दीपक पातलीले स्किार गर्नुभयो । कतिपयले अस्पताल लाईनको सडक छेउमा जथाभाजी पार्किङ गर्नेलाई कारवाही गरेर अगाडी बढ्नुपर्ने पनि बताईरहेका छन ।

तर पार्कीङका लागि नयाँ व्यवस्थापन नगरेर कारवाही मात्रै गरियो भने समस्याको समाधान नहुने धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण गौतमले बताउनुभयो । अस्पताल लाईनमा मात्र नभई धनगढी बजारको सबै क्षेत्रमा ट्राफिक व्यवस्थापन सहज हुन सकेको छैन । त्यसमा पनि अस्पताल लाईनमा सबैभन्दा बढी समस्या छ । यता धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने पार्कीङका लागि खाद्य संस्थानको जग्गा भाडामा लिन प्रक्रिया सुरु भईसकेको बताउनुभएको छ । सुदूरपश्चिम मिडिया बिकास केन्द्रले आफ्नो स्थापना दिवसका अवसरमा अस्पताल लाईनमै सरोकारवालाहरु बोलाएर ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल गराएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved