धनगढीमा जारी क्लव स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा भन्सार वि विजयी

0

नवराज पनेरु, धनगढी २८ साउन ।

धनगढीमा जारी कमल, भुपेन्द्र स्मृती टि–२० क्रिकेट प्रतियोगितामा शुक्रवार भएको खेलमा भन्सार वि विजयी भएको छ । सुदुरपश्चिम युवा क्लवलाई ३७ रनले पराजीत गर्दै भन्सार वि विजयी भएको हो । टस जितेर व्याटीङ गरेको भन्सार वि ले निर्धारीत २० ओभरमा सबै विकेट गुमाउदै १ सय २९ रन बनायो । भन्सार वि का कैलाश थापाले ४९ र रोमन बमले २४ रन बनाए ।

बलीङ तफर्ल सुदुरपश्चिम युवा क्लवका अनुपले ४ तथा लेखनाथ शर्माले २ विकेट लिए । १ सय ३० रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सुदुरपश्चिम युवा क्लवले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउदै ९२ रन मात्रै बनाउन सक्यो । सुदुरपश्चिम युवा क्लवका कासी भाटले ३१ र प्रदिप सिहले १२ रन बनाए पनि टिमलाई जितउन सकेनन् ।

भन्सारलाई जिताउने क्रममा बलीङ तर्फ जितेन्द्र रानाले ४ तथा यम कार्कीले २ विकेट लिए । १० वटा टिमले सहभागीता जनाएको प्रतियोगिताको बिजेतालाई ५१ हजार र उप विजेतालाई २५ हजार ५ सय नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरीने प्रतियोगीता संयोजक क्षेत्रीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved