This is a test

धनगढीमा छात्र/छात्रा फुटवलको जुनीयर च्याम्पीयनसिप हुने

0

नवराज पनेरु, धनगढी माघ २५ गते ।

धनगढीमा फुटवलको जुनीयर च्याम्पीयनसिप हुने भएको छ । विगत तिन बर्षदेखी सिनीयर फुटवल प्रतियोगीता आयोजना गर्दै आएको फारवेष्ट पशुपति युवा क्लवले छात्र, छात्रा जुनीयर च्याम्पीयनसिप गर्ने भएको हो । विहीवार क्लवले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीता बारे जानकारी दिएको हो ।

जेठ ७ गते देखी आयोजना गरीने च्याम्पीयनसिपमा छात्र तर्फ ३२ र छात्रा तर्फ १२ वटा टिमको सहभागीता रहने छ । प्रतियोगीताको विजेतालाई नगद ५०÷५० हजार तथा उप विजेतालाई २५÷२५ हजार प्रदान गरीने आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतले जानकारी दिनुभयो । स्कुल स्तरबाटै फुटवलका परिपक्क खेलाडी जन्माउने उद्येश्यक साथ प्रतियोगीता आयोजना गर्न लागीएको उहाँले बताउनुभयो ।

तेस्रो फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनीक
यस्तै गत मंसिरमा धनगढीमा आयोजना भएको ग्यालेक्सी पब्लिक स्कुल तेस्रो फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनीक गरीएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लब धनगढीले पत्रकार सम्मेलन गरेर १६ लाख १६ हजार रुपैया बराबरको आय–व्यय सार्वजनीक गरेको हो ।

प्रतियोगिताका लागि मुख्य प्रायोजक ग्यालेक्सी पव्लीक स्कुलबाट १ लाख ५० हजार, धनगढी उप–महानगरपालिकाबाट १ लाख ५१ हजार रकम संकलन भएको थियो । प्रतियोगितभके विजेताले ३ लाख र उप विजेतालाई १ लाख ५० हजार पुरुष्कार वितरण गरीएको थियो । यस्तै फारवेष्ट पशुपति क्लवले तिन जना नयाँ सदस्य थपेको छ । डवीन शाही, निलेष विष्ट र रिकेश चौधरीलाई क्लवको सदस्यमा नियुक्त गरेको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved