This is a test

धनगढीमा गुञ्जीए विवशका कविता

0

नवराज पनेरु, धनगढी मंसिर ०२

भुइँमान्छेका कथालाई लेखनको विषयवस्तु बनाउँदै आएका कवि हेमन्त विवशले शनिवार धनगढीमा सुदूरपश्चिमको सुवास छर्केका छन् । शनिवार दिउसो २ बजेदेखी सुरु भएको एकल रचना बाचन कार्यक्रम मार्फत कवि हेमन्त विवश कविता वाचन मार्फत झण्डै २ घण्टा गुञ्जिएका हुन् ।
झण्डै २ घण्टा सम्म चलेको एकल रचना बाचन कार्यक्रममा कवि विवशले सीमान्तकृत र आवाजविहीनहरूका आवाजलाई मुखरित गर्दै वाचन गरेका कविताले देशको समसामयिक परिवेशलाई उधिनेको पाइन्थ्यो ।

बाधमार ढोलक, भुकम्प, हली, कतारको रैवार, प्यारो छ नेपाल, फर्कीन्छ चाँडै घर शीर्षकका कवितासँगै बिस्तारै होटलको सभाहललाई थप काव्यिक बन्दै गयो । कहिले शास्त्रीय छन्दोबद्ध त कहिले छन्दमुक्त कवितासँगै दर्शक दीर्घाको तालीले कवि विवश थप उत्साहीत भए ।
विवशले आफ्ना अधिकांश कवितामा सीमान्तकृत वर्ग प्रतिको सहानुभूति राख्नुभयो । उहाँले मालिक, मजदुर, हलीबीचको दूरीलाई कवितामा चित्रण गरे । सुदूर पश्चिमेली लवज, संस्कृति र जीवनशैली विवशका कवितामा आउँदा सहभागीहरु दंग थिए ।
विवशका कविताले सहभागीहरुको मन जितीरहेका बेला त्यसै बेला गायक तथा संगितकार शिशीर साधकको स्वरको जादु चल्यो । साधकले कवि तथा गितकार विवशकै रचनाहरुलाई आफ्नो स्वर र संगित मार्फत दर्शकमाझ पुगाउँदा त्यहाँको माहोल झनै काब्यीक बन्दै गएको थियो ।

डोटीमा जन्मेर काठमाडौँ बस्दै आउनुभएका कवि विवश दुई दशकदेखि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । उहाँका ‘विवशका सम्राइ, असौजको जून, र यादै जनमभरि गरी ३ गीति एल्बम तथा ‘आफ्नै मनसँग’, सैपालको आँगन, गरी २ कविता सङ्ग्रहका साथै ‘कथा एउटै तिम्रो मेरो’ गीत सङ्ग्रह बजारमा आइसकेका छन् ।
गत बर्ष कार्तीक २७ गतेदेखी धनगढीमा सुरु भएको एकल रचना बाचन कार्यक्रमको यो तेश्रो श्रृङखला हो । विचमा विभीन्न कारणले रोकीएको एकल रचना बाचन कार्यक्रमलाई अव भने निरन्तरता दिने आयोजक रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, सुदूरपश्चिमाञ्चल गजल मञ्चले जनाएका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved