This is a test

धनगढीमा क्लव स्तरीय टि–२० क्रिकेट प्रतियोगिता आजदेखि

0

नवराज पनेरु, धनगढी २५ ।

धनगढीमा आजदेखि कमल, भुपेन्द्र स्मृती टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । धनगढी उपमहानगरपालिका २ भन्सारमा रहेको नवज्योती युवा क्लव र भन्सार रोडका स्थानीय बासीन्दाको आयोजन खेलाडीद्धय कमल वर्मा र भुपेन्द्र गुरुङ्गको सम्झनामा क्रिकेट प्रतियोगिता आयोजना गरीएको हो । प्रतियोगीताको आज एक कार्यक्रमका विच क्रिकेटका अभियान्ता धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले उद्घाटन गर्नुभयो ।

यस्तै प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम युवा क्लवले सानदार जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । सुप क्लवले भन्सार ए लाई ९ विकेटले पाखा लगाएको हो । टस जितेर ब्याटीङ गरेको भन्सार ए ले ८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै १६ रन मात्रै बनाउन सक्यो । भन्सारका ६ जना खेलाडी सुन्यमा आउट भएका थिए । भन्सारलाई सस्तैमा समेट्ने क्रममा सुप क्लवका गोपी सिहले ५ तथा लेखनाथ शर्माले ४ विकेट लिए ।

१७ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सुदुरपश्चिम युवा क्लव धनगढीले १ दशमलव ५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य भेटायो । खेलका म्यान अफ द म्याच सुप युवा क्लवका गोपी सिह भए । ३१ गते सम्म सञ्चालन हुने प्रतियोगीता लिग चरणमा खेलाईने आयोजक नव ज्योती युवा क्लवका सदस्य तथा प्रतियोगिताका संयोजक रोहित क्षेत्रीले जानकारी दिनुभयो ।

१० वटा टिमले सहभागीता जनाएको प्रतियोगिताको बिजेतालाई ५१ हजार र उप विजेतालाई २५ हजार ५ सय नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरीने प्रतियोगीता संयोजक क्षेत्रीले बताउनुभयो । पछिल्लो समयमा नेपालमा क्रिकेट खेल्ने खेलाडीहरुको बढ्दो आकर्षण र लोकोप्रियता देखेर क्रिकेट प्रतियोगिता आयोजना गरीएको प्रतियोगीता सयोजक क्षेत्रीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved