धनगढीमा इन्डो–नेपाल कराते प्रतियोगिता आयोजना हुने

0

धनगढी, ३१ बैशाख ।

सुदुपशिचममा करातेका सस्थापक गोपाल खड्का र खेलाडी राजु लामाको स्मृतिमा नवौ गोपाल राजु इन्डो–नेपाल कराते प्रतियोगिता २०७४ हुने भएको छ ।

सुदुपश्चिमांञ्चल गोजुरियो कराते दो संघ तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा प्रतियोगिता आगामी जेठ १२ र १३ गते धनगढी रंगशालाको कवर्डहलमा हुने भएको हो । नेपाल दुई सय र भारतका एक सय खेलाडी गरी तीन सय खेलाडीले प्रतियोगितामा भाग लिने बताईएको छ ।

प्रतियोगितामा विभिन्न तौल समूह गरी ४१ स्वर्ण ४१ रजत र ८२ कास्य गरी १६२ पदकका लागि प्रतिस्पर्धा हुने अन्तरराष्ट्रिय रेफ्री तथा प्रतियोगिताका संयोजक प्रकाश चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताको अवसरमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक विजेता खेलाडी गणेश बिकलाई नगद दस हजार प्रदान गरिनेछ । सुदुपशिचममा करातेका सस्थापक गोपाल खड्का र खेलाडी राजु लामाको स्मृतिमा प्रत्येक वर्ष प्रतियोगता आयोजना गरिने आयोजकले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved