This is a test

धनगढीबाट थ्री स्टारको उत्कृष्ट पुनरागमन : खप्तड गोल्डकपको क्वाटरफाईनलमा

0

धनगढी, पुस २४ गते ।  

१४ महिनापछि फुटवलमा फर्किएको थ्री स्टार क्लवले धनगढीमा जारी सुदूरपश्मि खप्तड गोल्डकपबाट उत्कृष्ट पुनरागमन गरेको छ । सोमवार भएको खेलमा झापा ११ लाई ३–१ ले हराउदै थ्री स्टारले उत्कृष्ट पुनरागमन गरेको हो । जितसंगै थ्री स्टारले क्वाटरफाईनलमा आफ्नो स्थान शुरक्षीत गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि थ्री स्टारले क्षतिपुर्ति नपाएसम्म फुटबल नखेल्ने घोषणा गरेको थियो । १४ महिना कुनैपनि प्रतियोगितामा सहभागि नभएको थ्री स्टार एएफसी कपको क्षतिपुर्ति वाफत एन्फाले १ करोड ५० लाख रुपैया दिने सहमति जनाएपछि फुटबलमा फर्किएको हो । थ्री स्टारले  सन् २०१६ को नोभेम्बरपछि पहिलो पटक खेल खेलेको हो ।

थ्री स्टारले भारतको गुवाहाटीमा सम्पन्न ६४ औं भारत रत्न बोर्डोलोइ ट्रफी जितेपछि कुनै खेल खेलेको थिएन । धनगढी रंगशालामा सोमवार भएको खेलमा थ्री स्टारलाई जित दिलाउन बुद्ध चेम्जोङले दुई तथा बिदेसी खेलाडी मार्टिनले एक गोल गरे । झापाका कर्ण लिम्बुले एक गोल फर्काए ।

खेलको चारै गोल पहिलो हाफमा भएको थियो । विमल घर्तीमगर र अनन्त तामाङलाई क्लवका भित्राएर मैदान उत्र्रिएको थ्री स्टारका लागि तामाङले डिफेन्स लाईन सम्हाल्दा फरवार्ड विमलले भने गोल गर्न सकेनन् । गोल गरेर टिमलाई जिताएका कर्ण चेम्जोङ म्यान अफ द म्याच भए ।

उनले नगद १० हजार हात पारे । जितपछि प्रतिक्रिया दिदै थ्री स्टारका प्रशिक्षक मेघराज केसीले १४ महिनापछिको डेव्यु म्याचमा अपेक्षा अनुसारकै नतिजा आएको बताए । झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले भने राम्रो खेल्दाखेल्दै पनि भएका गल्तीको फाईदा उठाउँदै विपक्षीले गोल गर्दा हार व्यहोरेको वताए । प्रतियोगिता अन्तर्गत मंगलवार भुटानको डुक स्टार र अग्नि रुपन्देही ११ बीच खेल हुने छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved