This is a test

गुणस्तरहीन ईटाको प्रयोग गरि निर्माण गरिएको नालीे भत्काईयो

0

धनगढी, माघ १३ गते ।

धनगढीको अदालत रोडमा दुई नम्बर ईटाको प्रयोग गरि निर्माण गरिएको नालीको चेम्बर भत्काईएको छ । धनगढी उपमहानगरपालिका प्रवक्ता तथा वडा नम्बर १ बा वडा अध्यक्ष सन्तोष मुडभरीको नेतृत्वमा गएका स्थानीयले गुणस्तरहीन ईटा प्रयोग गरि बनाईएको नालीको च्याम्बर भत्काएका हुन ।

नाली निर्माण र सडक कालोपत्रेका लागि ठेक्का पाएको भुमीराज कन्सट्रक्सनलाई विहीबार उपमहानगरपालिकाले गुणस्तरहीन ईटा हटाउन र त्यसको प्रयोग भएको स्थानको निर्माण पनि भत्काउन निर्देशन दिएको थियो तर तीन दिन सम्म पनि निर्माण ब्यवसायीले उपमहानगरपालिकाको मौखिक निर्देशन नमानेपछि शनिवार स्थानीयको अग्रसरतामा ह्विमपाईप सहितको नालीको च्याम्बर भत्काईएको हो ।

शनिबार भएकाले स्पष्टिकरण काटन नसकेपनि आईतवार निर्माण ब्यवसायीलाई त्यसबारेमा स्पष्टिकरण सोधिने प्रवक्ता सन्तोष मुडभरीले जानकारी दिनुभयो । उहाँले निर्माण ब्यवसायीको अन्तिम किस्ता वाफतको झण्डै १५ लाख रकम अझै भुक्तानी हुन बाँकी रहेकाले गुणस्तरीय काम नगरे त्यसलाई रोक्का गरिने बताउनुभयो । भुमीराज कन्सट्रक्सनले २० लाख घटी, झण्डै ३५ लाख ३४ हजारमा उक्त सडकको नाली र कालोपत्रेको ठेक्का हालेको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved