This is a test

धनगढीका मेयर उपमेयरको एक गाउ एक उत्पादन क्षेत्र घोषणाको काम पनि कागजमै

0

दीपक जोशी, धनगढी मंसिर १५ गते ।

धनगढीका मेयर उपमेयरको एक गाउ एक उत्पादन क्षेत्र घोषणा गरेर अनुदान र सहुलियत दिने प्रतिबद्धता पुरा नभएपछि किसानहरु निराश भएका छन । स्थानिय तहको निर्वाचनमा घोषणापत्रमै लेखेका कुराहरु पुरा गर्न चासो नदिईएपछि किसानहरु निराश भएका हुन । उनिहरुले भोट बटुल्नका लागि मात्रै आकर्षक नारा दिएर किसानहरुलाई भुलभुलैयामा पारको गुनासो गरेका छन ।

धनगढी उपमहानगरपालिकाका मेयर र उपमेयरले स्थानिय चुनावका बेला जारी गरेको प्रतिबद्धतापत्रमा आवश्यकता अनुसार कृषि उत्पादन क्षेत्र घोषणा गरेर आवश्यक पुर्वाधारको व्यवस्था गर्ने कुरा उल्लेख छ । तर चुनाव जितेको लामो समय भईसक्दा समेत सो प्रतिबद्धता पुरा गर्न कुनै पहल नभएको भन्दै उपमहानगरपाकिाल भीत्रका किसानहरु निराश भएका हुन ।

धनगढीका मेयर उपमेयरले घोषणापत्रमा लेख्नुका साथै टोल टोलमा गएर किसानहरुलाई कृषि उत्पादन क्षेत्र घोषणा गरेर आवश्यक अनुदान र कृषि तालिमहरु उपलब्ध गराउने समेत प्रतिबद्धता जनाउनुभएको थियो । त्यस्तै धनगढीमा कृषि औजारहरु उत्पादन गर्ने कम्पनी स्थापना गर्ने भनेर पटक पटक दिईएको आश्वासन स्वयम मेयरले पनि विर्सिसक्नुभएको किसानको अरोप छ । आवश्यक पुर्वाधार र अनुदान त कता हो कता चाहिएका बेला रसायनिक मल समेत नपाउदा किसानहरुले खेती लगाउन सकिरहेका छैनन ।

चुनावका बेला आकर्षक नारा सहित जनताको घरदैलोमा पुगेका मेयर उपमेयरको अहिले अनुहार समेत देख्न नपाएको किसानहरुको गुनासो छ । उनिहरुले किसानका समस्या समाधान गर्छु भन्ने मेयर कार्यालयमा नभेटिने गरेको गुनासो समेत गरेका छन । मेयर उपमेयरका आश्वासनले केही हुन्छ की भनेर आशा गरेका किसानहरु केही नभएपनि अहिलेको चुनावको मुखमा झन निरास देखिएका हुन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved