This is a test

धनगढीका मेयर, उपमेयरकोे हेलो मेयर कार्यक्रम चुनावी नारा मात्रै

0

दीपक जोशी, धनगढी मंसिर ०३ गते ।

धनगढीका मेयर उपमेयरले घोषणा पत्र नै बनाएर बाँडेका आश्सासन जनताले नबिर्सिदै अहिले उमेदवारहरुले चुनावको मुखमा फेरि नयाँ नयाँ आश्वासन बाँडन थालेका छन । स्थानीय मेयर र उपमेयरले संचालन गर्ने भनेको हेलो मेयर कार्यक्रम चुनावी नारामा मात्रै सिमित भएको छ । स्थानिय तहको चुनावका बेला जनताको मनछुने नारा दिएका नेताहरुले चुनाव जितेपछि केहि पनि नगरेको भन्दै धनगढीका नागरीकहरुमा निराशा छाएको छ । स्थानिय तहको चुनावका बेला धनगढीका मेयर उपमेयरले जनताका गुनासो सुन्न हेलो मेयर कार्यक्रम सञ्चालन ल्याउने भनेपनि कार्यक्रम चुनावी नारा मात्रै सिमीत भएको स्थानीय मिन बावुलीले बताउनुभयो ।

अहिले प्रतिनिधि र प्रदेश सभाका लागि नयाँ आश्वासन ल्याएर आएका उमेदवारहरुको कुरा सुन्ने क्रममै मतादाताहरुले मेयर उपमेयरले नै आफ्ना आश्वासन पुरा नगरेको भन्दै आक्रोस पोखेका छन । चुनावका बेला आकर्षक नारा दिएर मतदातालाई आकर्षीत गर्न गलत राजनितिक संस्कारको विकास भईरहेको भन्दै धनगढीका मतदातामा निराशा छाएको छ । गर्न सक्ने काम मात्रै गर्छु नभनेर चुनाव जित्न जे पनि गरिदिन्छु भन्दै जनता समक्ष झुटको खेती गरिरहेका नेताहरुले चुनावपछि आफ्ना प्रतिबद्धताहरु बिर्सीने गरेका छन ।

हेलो मेयर ईन्टरनेट याप्स निर्माणको घोषणा पनि मतदाता रिझाउन र चुनाव जित्न अपनाईएको हतकण्डा मात्रै रहेको स्थानिय वासिन्दा रघ्नाथ कडलियाले बताउनुभयो । धनगढीका मेयर नृप बहादुर ओड र उपमेयर शुसिला मिश्र भट्टले चुनावका बेला जारी गरेको प्रतिबद्धता पत्रको १५ नम्बर शिर्षकको बुँदा नम्बर ख मा हेलो मेयर नामक ईन्टरनेट याप्स निमार्ण गरेर जनताका समस्यासंग प्रत्यक्ष साक्षात्कार गरी समस्या समधानका लागि पहल गरिने छ भनेर लेखिएको छ ।

तर ईन्टरनेट याप्सबाट जनताका गुनासा सुनेर समस्या समाधान गर्ने मेयर उपमेयर उपमहानगरपालिकामा भेटिनै छोडेका छन । हेलो मेयर ईन्टरनेट याप्स संचालन गर्ने प्रतिबद्धता जनाएका मुलुकका कतिपय नगरपालिकाहरुमा यस्ता एप्सहरु सुरुवात भईसकेका छन । राम्रो ईन्टरनेट याप्स बनाउनका लागि बढीमा एक महिना लाग्ने सफ्टवेयर निर्माताहरुले बताईरहेका बेला स्थानीय तहको निर्वाचन भएको साढे चार महिना सम्म त्यसको प्रकृया नै सुरु गरिएको छैन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved