This is a test

धनगढीका खोलानाला यसरी अतिक्रमण हुदैछन् ( भिडीयो )

0

नवराज पनेरु, धनगढी फागुन ०२
धनगढीका खोलानालामा भएको अतिक्रमणलाई हटाउनका लागी दुई बर्ष अगाडी उप–महानगरपालीकाले सुरु गरेको अतिक्रमण हटाउ अभियान थला परेको मौका छोपी अहिले अतिक्रमण गर्ने क्रम झनै बढेको छ । स्थानीय तहमा जनप्रतिनीधीहरु आएपछि अतिक्रमण रोकीनुको सट्टा झन तिव्र गतीमा भईरहेको छ ।
उप–महानगरपालीका सार्वजनिक जग्गाको अतिक्रण हटाउने आफ्नो दायित्वबाट पछाडी सर्दै गएपछि नगर क्षेत्रका खोलानालाहरु झनै अतिक्रमणको सिकार बनेका हुन् । अहिले आएर तिनै खोलामाथि झनै तिव्र गतिमा अतिक्रमण भईरहेपछि धनगढीमा डुवानको समस्या अझै बढ्ने देखिएको छ ।

सार्वजनिक खोला नालामाथि संरचना बनाएकाहरुले भने सरकारी निकायले नै हजारौ घुस खाएर खोला विक्री गरेको आरोप लगाईएको छ । हुन त बजार क्षेत्र हुँदै बग्ने कैलाली खोला, सेतो पुल खोला, भंगी नाला, रातो पुल नाला लगायतका खोलानालाहरुको छेउछाउको जग्गा बर्षौ पहिले देखी निर्वाध रुपमा अतिक्रमणमा पर्दै आएको थियो । तर अहिले आएर खोलाको नामोनिसान नै हराउने गरी संरचना निर्माण भईरहेका छन् ।
अतिक्रमणकारीहरुले धनगढीको विच बजार भएर बग्ने कैलाली खोलालाई निशाना बढि बनाएपछि अव कैलाली खोलाको स्वरुप नै फेरीएर कुलो जस्तै बन्न थालेको छ । स्थलगत निरीक्षणमा जाने धनगढी उप–महानगरपालीकाका अमिनहरुका अनुसार पछिल्लो एक बर्ष यता खोलानालाको अतिक्रमण झनै तिव्र गतिमा भईरहेको छ ।

नगर विकास समिती धनगढीले कुनै दुर्गामी सोच नै नराखेरै खोलानाला नै मिच्ने गरी जग्गा विक्री गर्दै लालपुर्जा वितरण गरीसकेको छ । खोला छेउछाउका बासीन्दा अझै खोलानाला अतिक्रमण गरी घर, शौचालय पर्खाल लगायतका संरचना निर्माण गरीरहेका छन् । सरकारी निकायले नै अतिक्रणमा टेवा पुगाईरहेका बेला अतिक्रमण गरी बसेकाहरुले भने नगर विकास समिती लगायतका सरकारी निकायका पदाधीकारीहरुले ५० औँ हजार घुस खाएर खोलामा संरचना बनाउन दिएको आरोप लगाउदै आएका छन् ।
धनगढी नगर क्षेत्रका खोलानालाहरु उत्तरदेखी नै अतिक्रमणको सिकार भएपछि त्यसको सिको दक्षिणी क्षेत्रमा पनि भईरहेको छ । उप–महानगरपालीकामा जनप्रतिनीधी आएपछि पनि अतिक्रमण रोकीएको छैन् । अहिले सम्म भएको अतिक्रमण हटाउने र अतिक्रमण गर्नेलाई कुनै कारवाही नभएपछि खोला अतिक्रण गर्न अतिक्रमणकारीहरु प्रोत्साहीत हुदै गएका छन् ।

धनगढी उप–महानगरपालीका स्मार्ट सिटीको सपना बाडिरहेका बेला खोलाहरु अतिक्रमणको चपेटामा परेको कुराको भने हेक्का राखीएको छैन् । तर उप–महानगरपालीकाका प्रवक्ता सन्तोष मुडरभी भने अतिक्रमण हटाउनका लागी टिम नै बनाएर काम गर्ने बताउनुहुन्छ । खोलानाला साँघुरिँदै गएपछि धनगढीमा डुवानको समस्या पनि झनै विकराल बन्ने निश्चित छ ।
भिडीयो रिर्पोट हेर्नुहोस

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved