This is a test

दोस्रो चरणमा चुनाव हुने स्थानमा मतदाता परिचयपत्र वितरण आजदेखि

0

धनगढी, मंसिर १९ गते ।

प्रदेश र प्रतिनिधिसभाको दास्रो चरणमा चुनाव हुने स्थानमा आजदेखी मतदाता परिचयपत्र वितरण गरिदै छ । मतदाता परिचयपत्र वितरण बुधवार सम्म मात्रै हुने छ । गत स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा २०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेल्धुराका नयाँ मतदातालाई परिचयपत्र वितरण गर्न लागेको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार, मतदाता परिचयपत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट वितरण हुँदैछ । मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात साथमा लिएर आउन आग्रह गरेको छ । नामावली सार्न, सच्याउन निवेदन दिएका मतदाताले समेत सम्बन्धित मतदान केन्द्रमा गएर परिचयपत्र बुझ्न सक्ने छन । गत स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेकाले भने सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved