This is a test

दोस्रो चरणको मतदान आज

0

धनगढी, मंसिर २१ गते ।

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन आज हुँदैछ । पहिलो चरणको निर्वाचन यही मंसिर १० गते प्रदेश ७ का ४ जिल्लामा भएको थियो । आज दोस्रो चरणको निर्वाचन प्रदेश ७ का ५ जिल्लामा हुन लागेको हो । मतदानको लागि बिहान सात बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएकाले आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदानमा भाग लिन पाउने छन् ।

मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ । त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ । जसमा माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र रहेका छन् । यी मध्ये ४ जिल्लामा पहिलो चरणमा चुनाव भैसको छ ।

दोश्रो चरणमा चुनाव हुने कैलालीमा ५, कञ्चनपुरमा ३, डडेलधुरा, अछाम र डोटीमा एक एक वटा क्षेत्र रहेका छन् । प्रदेश नम्बर ७ का १४ लाख ३५ हजार ६ सय ७३ मतदाता मध्य १० लाख ५० हजार ७ सय ३२ जना दोश्रो चरणमा चुनाव हुने क्षेत्रका रहेका छन् । १ हजार ९ सय मतदान केन्द्र रहेको प्रदेश नम्बर ७ मा दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा १ हजार ३ सय २९ वटा मतदान केन्द्र रहेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved