This is a test

दोस्रो चरणको चुनाव सुरू

0

धनगढी, मंसिर २१ गते ।

प्रदेश ७ का ५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन सुरू भएको छ । पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ४ जिल्लामा भएको थियो । आज प्रदेश नं. ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदान सुरू भएको छ ।

ढुक्क भएर मतदानमा सहभागी हुन अपिल

कैलालीका मुख्य निर्वाचन अधिकृत विष्णु अर्यालले कैलालीबासीलाई ढुक्क भएर मतदानमा सहभागि हुन आह्वान गर्नुभएको छ । दिनेश एफएम सँग कुराकानी गर्दै मुख्य निर्वाचन अधिकृत अर्यालले कैलालीमा शान्ति सुरक्षाको अवस्था मजबुद पारिएकाले मतदातालाई घर देखि मतदान स्थल र मतदान स्थलदेखि घर सम्मकै सुरक्षा हुने गरि खटन पटन गरिएको बताउनुभयो । पहिलो पटक देश प्रदेश संरचनामा गईरहेकाले पनि यसपालीको चुनाव ऐतिहासिक भएको बताउदै उहाँले आफ्नो अमुल्य मतको प्रयोग गर्न आह्वान गर्नुभएको हो । मतदानको लागि बिहान सात बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ ।

परिचयपत्र नभएकाले आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदानमा भाग लिन पाउने छन् । मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ । त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ । जसमा माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved