This is a test

दोस्रो इन्डो नेपाल व्यापार तथा पर्यटन महोत्सव देहरादूनमा शुरु

0

देहरादून (भारत), माघ २० गते ।

भारतको उत्तराखण्डको राजधानी देहरादूनमा दोस्रो इन्डो नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ । शुझवार महोत्सवको भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंहले उत्तराखण्ड सरकार दुईदेशबीच व्यापारिक सम्बन्ध स्थापित गर्न तयार रहेको बताउनुभयो । उत्तराखण्ड राज्य पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको चर्चा गर्दै उहाले दुईदेशबीचको पर्यटन अगाडी बढाउन उत्तराखण्ड सरकार तयार रहेको बताउनुभयो ।

उद्घाटन समारोहमा बोल्दै नेपाल वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले समेत दुईदेशबीच व्यापारिक र पर्यटन महोत्सव हुनुले निकै फाईदा पुग्ने बताउनुभयो । सरकारले नीजि क्षेत्रलाई सदै सहयोग गर्दै आएको भन्दै उनले आगामी दिनमा समेत निरन्तरता पाउने उनको भनाई छ । व्यापार मेला तथा पर्यटन महोत्सवको उद्घाटन समारोहमा नेपाल र भारत दुबै देशका उद्योगी व्यापारीहरुको सहभागिता रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नीजि क्षेत्रले दुईदेशबीच व्यापार व्यवसाय अघि बढाउन लागि रहेको भन्दै व्यापार मेला र पर्यटन महोत्सवले स्वदेशी उत्पादनले बजार पाउने बताउनुभयो । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । नेपाल सरकार संगको सहकार्यमा कञ्चनपुर उद्योग वाणिज्य संघले व्यापार मेला तथा पर्यटन महोत्सव शुरु गरेको हो ।

नेपाल र भारतका कृषि उत्पादन, हस्तकलाका सामग्री, खाद्य वस्तु, नेपालको पहिचान झल्काउने वस्तुहरु, स्वदेशमै उत्पादन भएका विभिन्न लुगाकपडा लगायतका स्टलहरु राखिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले दोस्रो पटकको यो व्यापार मेला तथा पर्यटन महोत्सवबाट नेपालको उत्पादनले अन्र्तराष्ट्रिय बजार पाउने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved