This is a test

दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव माघ १९ गते देखि

0

महेन्द्रनगर, पुस १२ गते ।

कञ्चनपुर उद्योग बाणिज्य संघको आयोजनामा भारतको उत्तराखण्ड राज्यको देहरादुनमा दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव हुने भएको छ । संघले बुधवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा आगामी माघ १९ गते देखि २५ सम्म भारतको उत्तराखण्ड राज्यको देहरादुनमा अन्तराष्ट्रिय व्यापार मेला आयोजना गरिने जानकारी गराएको हो । मेलाको उत्तराखण्ड राज्यका मुख्यमन्त्रीले उदघाटन गर्ने कार्यक्रम रहेको कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले जानकारी दिनुभयो ।

नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले बताउनुभयो । अध्यक्ष रावलले नेपाली वस्तुको बजार प्रवद्र्धन गर्न सहयोग र्पुयाउने निकासि योग्य बस्तुको पहिचान एवं बजारिकरण, घरेलु, साना तथा मझौला उद्योगबाट उत्पादित बस्तुहरुको बजार प्रबद्र्धनमा टेवा पुगाउने उद्देयले महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालको उत्पादन भारतमा पुगाएर प्रचार÷प्रसार गर्ने कार्यको प्रशंसा गर्नुभएको थियो । भारतको देहरादुनमा हुने अन्तराष्ट्रिय ब्यापार मेलाले नेपालको उत्पादन अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved