This is a test

दोश्रो चरणको स्थानिय तह चुनावको तयारी सुरु, झन्झटीलो मतपत्रका कारण बदर मतको सङख्या घटाउन चुनौती

0

नवराज पनेरु, धनगढी ०५ जेठ ।

पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम जारी रहेका बेला प्रदेश नम्वर ७ मा जेठ ३१ गते हुने स्थानिय तहको चुनावको तयारी पनि सुरु भएको छ । कैलालीमा निर्वाचन कार्यालय र राजनितिक दलहरुले चुनावको तयारी तयारी तीव्र पारेका हुन । दुई दशक पछि हुने स्थानिय तहको निर्वाचनमा मतदान गर्न गर्न पाउने भएपछि आम नागरीकहरुमा पनि उत्साह छ । निर्वाचन कार्यालयले पनि एक महिना पछाडी चुनाव सारेपछि स्थगीत गरेको कार्यक्रमहरु भोलीदेखी सुरु गर्दैछ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार भोलीदेखी गाउ–गाउँमा मतदाता शिक्षा अभियान चलाईने भएको छ । बैशाख ३१ गते ३ वटा प्रदेशमा भएको पहिलो चरणको निर्वाचनमा धेरै मत बदर भएपछि बढि भन्दा बढि मत सदर गराउनका लागी चुनौती देखीएको छ । ठुलो र झन्झटीलो मतपत्रका कारण प्रदेश नम्वर ७ मा हुने दोश्रो चरणमा निर्वाचनमा पनि बदर मतको सङख्या घटाउन चुनौती देखीएको हो ।

यद्यपी गाउँ–गाँउमा खटीने मतदाता शिक्षा कार्यकर्ताले भने बदर मतको सख्या घटाउने दाबी गरेका छन् । देशको राजधानी जस्तो क्षेत्रमा पनि झण्डै १० प्रतिशतको हाराहारीमा मत बदर भएपछि पिछडीएको क्षेत्र मानीएको प्रदेश नम्वर ७ पनि बदर मतको सख्या उच्च हुने चिन्ता बढेको छ । यता मतदाता शिक्षा अभियान मार्फत प्रत्येक व्यक्तिलाई मत हाल्न सिकाउनका लागी क्षेत्रीय निर्वाचन कार्यालयले प्रदेश नम्वर ७ भरी नै शुक्रवारदेखी मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्ने भएको छ ।

स्थानीय चुनावमा जिल्ला अनुसार फरक फरक आकारका मतपत्रको प्रयोग हुनेछ । कैलालीमा दर्ता भएका राजनितिक दल र चुनाव लड्ने अन्य स्वतन्त्र उमेद्वारहरुलाई आधार मानेर मतपत्र तयार पारीएको छ । चुनावका लागि तयार भएको मतपत्रमा अहिले संसदमा रहेका दलको हैसियत अनुसार वरियता क्रम तोकिएको छ । तर धेरै ठुलो मतपत्र र उम्मेदवार भन्दा चुनाव चिन्ह पनि धेरै बढि हुने भएका कारण मतदाताहरु झुक्कीने सम्भावना पनि धेरै छ ।

सबै चुनौतीका बिच घरघरमा गएर मतदातालाई आफ्नो मताधीकारको सहि प्रयोगका लागी जागरण फैलाउने धनगढी उपमहानगरपालीका वडा नम्वर ६ की निर्वाचन शिक्षा कार्यकर्ता पशुपति सुवेदीले बताउनुभयो । अरु चुनावमा एउटा मतपत्रमा एक ठाउँमा मात्र छाप अर्थात स्वस्तिक चिन्ह लगाउनुपर्ने भएपनि योपटक एउटै मतपत्रमा सात ठाउँमा छाप लगाउनुपर्छ । मतदान गर्दा बायाँतर्फबाट क्रमिक रुपमा आफ्नो गाउँ वा नगरपालिकाको प्रमुख, दोस्रोमा उपप्रमुख र तेस्रोमा वडा अध्यक्षका लागि छाप लगाउनुपर्छ ।

त्यस्तै चौथोमा महिला सदस्य, पाँचौंमा दलित महिला सदस्यका लागि मतपत्रले स्थान दिएको छ । मतपत्रको दायाँतर्फका दुईवटा कोलममा खुलातर्फका दुई जना वडा सदस्यको चिन्ह हुन्छ । मतदाता शिक्षा अभियान सञ्चालन गर्नु निर्वाचन कार्यालयसंगै दलहरुको पनि उत्तिकै जिम्मेवारी हो । तर दलहरुले आफ्नो दलको चुनाव चिन्ह बाहेक अन्य चिन्हमा छाप लगाए मत बदर हुने भन्दै प्रचार गर्दै हिडेको समाचारहरु पनि आउन थालेका छन ।

त्यस्ता गतिवीधी रोक्नका लागी निर्वाचन कार्यालयले अनुगमनको पाटो पनि बलीयो बनाउने क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन अर्यालले बताउनुभयो । १३ वटा स्थानीय तह रहेको कैलालीमा ४ लाख ३ हजार मतदाता रहेका छन् भने २ सय ३१ मतदान स्थल र ४ सय ९० मतदान केन्द्र निर्धारण गरीएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved