This is a test

देउसी भैलो राति १० वजेभित्र गर्न प्रसासनको आग्रह

0

धनगढी, २६ असोज ।

जिल्ला प्रशासन कार्यालय कैलालीले हिन्दुहरुको महान चाड तिहारका अवसरमा हुने देउसी भैलो कार्यक्रम राति १० वजसम्म मात्रै गर्न आग्रह गरेको छ । बुधवार जिल्ला प्रशासन कार्यालयले जारी गरेको बिज्ञप्तिमा तिहारको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम सम्बन्धित घरधनीको सहमतिमा बढीमा राति १० बजेसम्म मात्र मनाउन आग्रह गरिएको छ । अन्याथा प्रहरीले कारबाही गर्ने प्रशासन कार्यालयले जनाएको छ । साथै प्रशासन कार्यालयले तिहार र छठको अवसरमा गरिने अतिशबाजी, पटाका, भुइचम्पा जस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयत, बिक्री र प्रायेगमा पूर्ण प्रतिबन्ध लगाईएकाले त्यसको प्रयोग नगर्न सर्वसाधारणलाई सुझाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved