This is a test

देउडाको शाख जोगाउने अभियानमा सक्रिय गायक सुरेश चोखाल

0

नवराज पनेरु, धनगढी ।

अहिले सुदुरपश्चिममै जन्मीएका गायक, गायीकाहरु देउडा बाहेक लोकदोहरी र आधुनीक संगितमा पनि पोख्त भईरहेका छन् । यहाँका गायक, गायीकाहरु राष्ट्रीय रुपमै सुनिने लोकदोहरी र आधुनीक गित गाउन थालेपछि देउडा गित बजारमा आउने क्रम भने निकै कम भएको छ । तर केहि नव प्रवेशी कलाकारहरु भने देउडाको शाख जोगाउने अभियानमा सक्रिय रहेका छन् ।

तिनै मध्येका एक हुन नव गायक सुरेश चोखाल । कैलालीको अत्तरिया स्थित लालपुरका स्थाई बासीन्दा गायक सुरेश चोखालको पहिलो देउडा गित म त चेलो सुपको अहिल प्रदेश नम्वर ७ का संगित बजारमा निकै चर्चाको गित बनेको छ । सानै उमेर देखी गित संगित प्रति रुची राख्ने गायक चोखालको साङगीतीक यात्राको सुरुवात स्कुले विद्यार्थी छँदा हुने सास्कृतीक कार्यक्रमबाटै भईसकेको थियो ।

२०६४ साल अगाडी दुई पटक राष्ट्रीय स्तरको सास्कृतीक कार्यक्रममा सहभागी भईसक्नुभएका चोखालले त्यहाँ पनि तृत्तीय र द्धितीय स्थान हासील गर्नुभएको थियो । तर विभीन्न सास्कृती कार्यक्रममा सहभागी भएर देशका विभीन्न स्थानमा गुञ्जीने चोखालको स्वरको जादु २०६५ सालपछि झण्डै ८ बर्ष सम्म भने चल्न सकेन ।

पारीवारीक समस्याका कारण साङगीती यात्रालाई अगाडी बढाउन नसक्नुभएका चोखालले घर परिवार पाल्न व्यवसायतिर लम्कीन प¥यो । ८ बर्ष साङगीतीक क्षेत्रबाट टाढा रहेपनि गायक चोखालको संगितसंग भने माया टाढीएको थिएन । त्यसैले पनि होला ढिलै भएपनि गायक चोखालले फेरी एक पटक साङगीतीक क्षेत्रमा पाईला टेक्ने निधो गर्नुभयो । आफ्ना गुरु तथा गायक सुवास चन्द्र बोहराको उत्प्रेरणाले गायक चोखालले भर्खरै बजारमा ल्याउनुभएको गितले धेरै देउडा पारखीको मन जितेको छ ।

मिलनसार स्वभावका गायक भएकोले आगामी दिनहरुमा गायक चोखाल नेपाली संगितको क्षेत्रमा चााँडै फड्को मार्न सक्ने सम्भावना रहेको देउडाका जानकारहरु बताउछन् । यसै क्षेत्रका चर्चीत गायकहरु देउडालाई चटक्कै छोडेर अन्य गितमा व्यस्त भएपछि यहाँको कला, सस्ंकृति र भाष शैलीको देउडा मार्फत जगेर्ना गर्ने कार्यभार आफुले उठाउने अठोट चोखालसंग छ ।

२०६९ सालमा अहेवमा नाम निकालीसक्नुभका चोखाल अहिले अत्तरीयामा निजी मेडीकल सञ्चलन गरीरहनुभएको छ । तर देउडा सस्कृती प्रतिको अगाध मायाँले भने उहाँलाई छिट्टै देउडा संगितमा चर्चीत बनाउने आशा गरीएको छ ।
यो साताको श्रष्टा र सृजना सुन्न यसमा क्लिक गर्नुहोस:-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved