दुलही ल्याउन गएका दुलाहा प्रहरी खोरमा

0

नरेन्द्र कार्की, दार्चुला ३१ बैशाख ।

आफु बाहुन जातीको सरकारी जागिरे केटो भएको भन्दै फोनमा ठग्दै आएका दार्चुलाको शैल्यशिखर पुगेका मालिकार्जुनका ३३ वर्षीय धम्पुराम टमटा केटीको घरबाटै प्रहरीको खोरमा पुगेका छन् ।

झण्डै दुइ महिना देखि मोवाइल फोन मार्फत चिनजान गरेका दुवै जना एक आपसमा कुरो मिलेपछि विवाह गर्न सहमत भएका थिए । मोवाइल फोन मार्फत चिनजान गर्दागर्दै ती २५ वर्षीया भट्ट थरकी युवती सँग विवाहको चाजो बाजो मिलेको थियो ।

केटी मागेर बैशाख २८ गते दुलही ल्याउन गएको बेला दुलहीको परिवारले दुलाहालाई प्रहरीकोलाई बुझाएका हुन् । दुलाहाले आफु जोशी भएको र सरकारी जागिरे भएको भन्दै युवतीसँग झुटो बोलेको केटीपक्षको आरोप छ ।

आफुलाई अनुसन्धानको सइ बताउदै विगत डेढ महिनादेखि युवतीलाई फोन गर्ने र पहिलो पटक चैत्र २० गते भेट भएका दुवै जनाबीच फोनमार्फत गीहरो प्रेम बसेको थियो । बैशाख २८ गते ५ जना केटा सहित जन्ती लिन घरमा पुगेपछि केटी पक्षले विवाहको सम्पूर्ण बन्दोबस्ती गरेको थियो ।

जन्तीलाई स्वागत गर्दै घरको आगनीमा ब्राह्मणले केटासँग गोत्र सोधेपछि दुलाहाले झुटा बोलेको प्रमाणीत भएपछि दुलहीका आफन्तले प्रहरीलाई बुझाएका हुन् । ब्राह्मणले सोध्दै गर्दा जन्तीका एक सहभागिले गोत्र थाहाँ छैन जात टमटा भनेपछि दुलहीको परिवारले प्रहरीलाई खवर गरेको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved