This is a test

दीपायललाई राजधानी माग गर्दै डोटी फेरी बन्द

0

धनगढी, माघ ०३ गते ।

प्रदेश नम्बर ७ को राजधानी दीपायल तोकिनु पर्ने माग गर्दै आन्दोलनकारीले बुधबारदेखि डोटीमा फेरि बन्द गरेका छन् । गत पुस १९ देखि २४ गतेसम्म लगातार बन्द रहेर केही दिन खुलेको डोटी फेरि बन्द भएपछि जनजीवन प्रभावित बनेकोे छ । सरकारी कार्यालय, विद्यालय, कलकारखाना तथा यातायातका साधन ठप्प भएका छन् ।

७ नम्बर प्रदेशको मुख्य केन्द्र बिन्दु रहेको दीपायलमा राजधानी बनाउनुको सट्टा सरकारले राजधानी धनगढीका लागि सिफारिस गरिरहेको भन्ने आरोप लगाउदै राजनीतिक दल, व्यापारी, उद्योगी तथा स्थानीय बासिन्दा रहेको संघर्ष समितिले डोटी बन्द गरेको हो । समितिले यसअघि पनि बन्द गरेको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved