This is a test

“दिवाना मै तोहारको” शुभ मुहुर्त

0

सिताराम ओझा, धनगढी ९ कात्तिक ।

हमार म्यूजिक पहुरा प्राईभेट लिमिटेड दाङको ब्यानरमा बन्न लागेको चलचित्र “दिवाना मै तोहार” को विहीवार धनगढीमा शुभ मुहुर्त कार्यक्रम गरिएको छ । युवा र युवती बिचको प्रेम कथामा आधारित रहेको चलचित्र थारु र भोजपुरी भाषामा निर्माण गरिने चलचित्रका निर्देशक राजकुमार श्रेष्ठले वताउनुभयो । करिव १० लाखको लगानीमा बन्न लागेको चलचित्र दिवाना मै तोहारका निर्माता शिशीर चौधरी रहेका छन् ।

सुजित रेग्मीले छायाकंन गर्ने फिल्ममा संगत चौधरी, बिरु चौधरी, बिपिन बिबिसी, शिबराज भट्टराई, प्रेम चौधरी, अलिसा चौधरी, हरेन्द्र सिह शाही, कालिका चौधरी, एनआर रिमाल, लबराज पन्त, र डिल्लिसिह थापा मुख्य कलाकारको रुपमा रहेका छन् । कार्तिक अन्तिम सातातिर लुम्बिनीबाट चलचित्रको छायाकंन सुरु हुने भएको छ । नेपालका विभिन्न ठाउँमा छायाकंन हुने र बिशेषगरी थारु समुदायको बाहुल्य बढी भएको क्षेत्रमा गरिने चलचित्र निर्माण समितीले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved