दिपेन्द्र सिंह ऐरी पिपुल च्वाइस अवार्डको मनोनयनमा

0

धनगढी, ३१ साउन ।

सुदुरपश्चिमको कञ्चनपुरका युवा क्रिकेटर दिपेन्द्र सिंह ऐरी पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपुल च्वाइस अवार्डको मनोनयनमा परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलन गरेर पिपुल च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको हो । पिपुल्स च्चवाइस अवार्डको मनोनयनमा ऐरीसँगै पौडीकी गौरिका सिंह, एथ्लेटिक्सका कान्छीमाया कोजु, जुडोकी फुपुल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठ परेका छन् । ऐरी नेपाली राष्ट्रिय टिमबाट वर्ष २०७३ मा सर्बा्धिक ३५७ रन बनाउने खेलाडी हुन्, जसमा ४ अर्धशतक सामेल छ । त्यस्तै उनले चार विकेट समेत लिएका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved